logo

२०८१ पुष २९ सोमबार

logo
  • सोमबार, २९ पुष २०८१
  • सानिमा रिलायन्स लाइफकी नमिता न्यौपाने बनिन् २०२५ को पहिलो सीओटी

    सानिमा रिलायन्स लाइफकी नमिता न्यौपाने बनिन् २०२५ को पहिलो सीओटी

    234
    SHARES
    सानिमा रिलायन्स लाइफकी नमिता न्यौपाने बनिन् २०२५ को पहिलो सीओटी

    काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी चिफ एजेन्सी म्यानेजर नमिता न्यौपाने सन २०२५ को लागि पहिलो सीओटी बन्न सफल भएकीछिन् । पटक–पटक एमडीआरटी–टीओटी सम्मको यात्रा पार गर्न सफल भएकी न्यौपाने कम्पनीको सर्वोत्कृष्ठ आकाश क्लव बिजेता र कम्पनीको व्यक्तिगत र सामुहिक कोडमा सर्वाधिक व्यवसाय गर्न सफल महिला हुन् ।

     

    जीवन बीमा व्यवसायलाई जीवनको अभिन्न अंग बनाएर अघि बढेकी विराटनगरकी समाजसेवी नमिता न्यौपानेले छोटो अवधीमा नै आफूलाई देशकै अब्बल र स्थापित बीमा व्यवसायीको रुपमा परिचय बनाउन सफल भएकिछिन् । उनले गाउँका हजारौ मानिसहरुको बीमा गर्दै उनीहरुको जोखिम रक्षावरणमा महत्वपूर्ण भुमिका निर्वाह गरेकिछिन् ।

    सन २०२५ को लागि सीओटी बन्न तोकेको लक्ष्य पुरा गर्दै सिनियर चिफ एजेन्सी म्यानेजर न्यौपाने जुलाई महिनामै सीओटीका्े लक्ष्य चुम्न सफल भएकि छिन् । कम्पनीका अनुसार सीओटीको लागि एमडीआरटीको तीन गुणा तोकेको व्यवसायीक लक्ष्य पुरा गर्दै उनी सन २०२५ को लागि कम्पनीको प्रथम सीओटी बन्न सफल भएकी हुन् ।

     

    हाल सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमार्फत व्यवसाय गर्दै आएकी नमिताले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सकै पहिलो इतिहास रच्दै जुलाई महिनामै सीओटी बन्न सफल भएकी छन् । बीमा क्षेत्रमा लागेको छोटो अवधीमा नै उनी २०२५ को लागि सहित ६ पटक एमडिआरटी, २०२५ सहित ४ पटक सिओटी र दुई पटक टिओटी बिजेता बनेर देशैभरिका महिला अभिकर्ताहरुको लागि प्रेरणाको श्रोत बन्न सफल भएकि छिन् ।

    चिफ एजेन्सी म्यानेजर न्यौपाने एमडिआरटीमा २०२० देखि हालसम्म लगातार छनौट हुँदै आएकी छिन् । त्यस्तै, सिओटी २०२१, टिओटी २०२२ र २०२४ बिजेता भइसकेकी छिन् । टिओटी बिजेता न्यौपानेले व्यस्त समयका बापजुद पनि समय व्यवस्थापन र लक्ष्य निर्धारण गरी निरन्तर काम गर्दै जाँदा आफू सीओटीमा पुग्न सफल भएको प्रतिक्रिया दिएकी छिन् ।

     

    साथै उनले टिममा रहेर काम गर्ने सबैप्रति र बीमक कम्पनीका सिईओ र सबै कर्मचारीहरुप्रति आभार व्यक्त गरेकी छिन् । नमिताले आगामी दिनमा देशैभरिका महिलाहरुलाई बीमा व्यवसायमा अघि बढ्न हौसला दिँदै अघि बढ्ने प्रतिबद्धता जनाएका छिन् ।


    अर्थ चौतारी
  • शुक्रबार, ४ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट