logo

२०८१ चैत्र ४ मंगलबार

logo
  • मंगलबार, ४ चैत्र २०८१
  • इजरायलमा कामदार पठाइदिने भन्दै पैसा असुल्ने गिरोह सक्रिय, विभागले दियो चेतावनी

    इजरायलमा कामदार पठाइदिने भन्दै पैसा असुल्ने गिरोह सक्रिय, विभागले दियो चेतावनी

    143
    SHARES
    इजरायलमा कामदार पठाइदिने भन्दै पैसा असुल्ने गिरोह सक्रिय, विभागले दियो चेतावनी

    काठमाण्डौ । इजरायलमा कामदार पठाइदिने भन्दै पैसा असुल्ने गिरोह सक्रिय रहेको पाइएको छ । त्यसका लागि वैदेशिक रोजगार विभागमा विभिन्न गिरोहले पैसा उठाउँदै हिँडेको भन्दै गुनासो पुगेको छ । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार (केयरगिभर) को लागि पठाइदिने भन्दै पैसा असुल्ने गिरोह सक्रिय भएको पाइएको हो ।

    महानिर्देशक डण्डुराज घिमिरेले एक विज्ञप्ति जारी गर्दै अनधिकृत रूपमा रकम असुली गरेको भन्ने जानकारी आएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाए । कतिपय व्यक्ति/समूहबाट छनौट प्रक्रियाबारे समेत भ्रामक सूचना फैलाइरहेको बताउँदै त्यस्ता गलत र भ्रामक कार्यमा संलग्न नहुन, विभागको आधिकारिक सूचनालाई आधार मान्न अनुरोध गरेको छ ।

    रोजगारीको प्रलोभन देखाई विभिन्न व्यक्ति तथा समूहहरूबाट देखाइएको प्रलोभनमा नपर्न समेत सबैमा अनुरोध गरेको छ । विभागले इजरायलमा केयरगिभरका लागि ८०० जनाको विज्ञापन आह्वान गरेको थियो । विभागले कामदार पठाउने प्रक्रिया जी टु जी अन्तर्गत पर्ने भएकाले छनौट प्रक्रिया निष्पक्ष र पारदर्शी हुने जनाएको छ ।

    ठगी र गलत प्रचारका सम्बन्धमा विभागले सूक्ष्म रूपमा अनुसन्धान गरिरहेको समेत विभागले जनाएको छ । यस्ता कार्यहरू भए/गरेको जानकारी भएमा जानकारी दिन समेत विभागले अनुरोध गरेको छ ।

    Document_2024071903421_page-0001


    अर्थ चौतारी
  • शुक्रबार, ४ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved