logo

२०८२ बैशाख ११ बुधबार

logo
  • बुधबार, ११ बैशाख २०८२
  • नेपाल प्रवेश गर्याे विश्व चर्चित योकोहामा टायर

    नेपाल प्रवेश गर्याे विश्व चर्चित योकोहामा टायर

    195
    SHARES
    नेपाल प्रवेश गर्याे विश्व चर्चित योकोहामा टायर

    काठमाण्डौ । विश्व चर्चित ब्राण्ड योकोहामा टायर नेपालमा भित्र्याइएको छ । अटो पार्ट्स इन्टरनेशनल (एपीआई)ले जापानी टायर कम्पनी योकोहामाका टायर नेपाल भित्र्याएको हो ।

    नेपालका लागि आधिकारिक बिक्रेता एपीआईले योकोहामाले उत्पादन गरेका टायरहरू बिक्री वितरण गर्नेछ । शुक्रबार काठमाण्डौमा आयोजित एक कार्यक्रमकाबीच योकोहामा टायर नेपाली बजारमा प्रवेश गरेको घोषणा गरेको हो ।

    योकोहामा इण्डियाका सीईओ तथा प्रबन्ध निर्देशक हरिन्दर सिंहले नेपाललाई विश्वस्तरीय टायर उपलब्ध गराउने प्रतिवद्धता जनाए । उनले नेपालको भूगोलका लागि उपयुक्त टायर योकोहामा भएको समेत दाबी गरे ।

    एपीआईका प्रबन्ध निर्देशक सगुन कंसकारले योकोहामासँगको साझेदारीले उत्साह छाएको बताए । उपभोक्ताहरूलाई गुणस्तरीय टायर उपलब्ध गराउने र नेपालको अटो क्षेत्रको विकासमा जोड दिने उनको भनाइ छ । विश्वव्यापी रूपमा योकोहामाले आक्रामक रूपमा टायर उत्पादन गरिरहेको छ । सन् १९१७ मा स्थापना भएको यस कम्पनीले उत्कृष्ट टायर बनाउनुका साथै डिजाइन र प्रविधिको समेत जोड दिने गर्दछ ।


    अर्थ चौतारी
  • शनिबार, ५ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved