logo

२०८१ माघ ७ सोमबार

logo
  • सोमबार, ७ माघ २०८१
  • मानुषी लघुवित्तको सेयर लक इन अवधि भदौ ७ गते सकिने

    मानुषी लघुवित्तको सेयर लक इन अवधि भदौ ७ गते सकिने

    364
    SHARES
    मानुषी लघुवित्तको सेयर लक इन अवधि भदौ ७ गते सकिने

    काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्थाको लकइन अवधि सकिने भएको छ । लघुवित्तको लिमिटेडको लक इन अवधि सकिने भएको छ । लघुवित्तको कर्मचारीहरूको स्वामित्वमा सेयरको लकइन अवधि भदौ ७ गतेदेखि सकिने भएको हो ।

    लघुवित्तका अनुसार आगामी भदौ ७ गतेदेखि कर्मचारीहरूको स्वामित्वमा रहेको ५ हजार ४६८९ कित्ता सेयरको लकइन अवधि सकिनेछ ।

    लघुवित्तले सर्वसाधारणलाई आईपीओ निष्काशन गरी वि.सं २०७८ भदौ ७ गतेका दिन बाँडफाँट गरेको थियो । नेपाल धितोपत्र बोर्डको निर्देशन बमोजिम सर्वसाधारणलाई सेयर जारी गरेको मितिदेखि ३ वर्षसम्म संस्थापक सेयरधनीहरूले धारण गरेको सेयर, कर्मचारीहरूलाई बाँडफाँट गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था छ ।

     

    लघुवित्तका संस्थापक सेयर सदस्यहरूमध्ये संचालक सदस्यमा रहेका व्यक्ति तथा कम्पनीका उच्च तहमा रहेका कर्मचारीहरूले भने सेयर खरिद बिक्री गर्न नपाईने लघुवित्तले जनाएको छ । हाल लघुवित्तको चुक्ता पुँजी १० करोड ९३ लाख रुपैयाँ रहेको छ । जसमा संस्थापक सेयरधनीहरूको स्वामित्व ६४ प्रतिशत अर्थात ७ लाख कित्ता र सर्वसाधारण समूहको स्वामित्व ३६ प्रतिशत अर्थात् ३९ लाख ३७ हजार कित्ता रहेको छ ।


    अर्थ चौतारी
  • आइतबार, ६ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट