logo

२०८२ बैशाख ११ बुधबार

logo
  • बुधबार, ११ बैशाख २०८२
  • फोन पेले ल्यायो “फोन पे डिरेक्ट: पैसा पठाऔं ठाउँको ठाउँ” अभियान

    फोन पेले ल्यायो “फोन पे डिरेक्ट: पैसा पठाऔं ठाउँको ठाउँ” अभियान

    403
    SHARES
    फोन पेले ल्यायो “फोन पे डिरेक्ट: पैसा पठाऔं ठाउँको ठाउँ” अभियान

    काठमाण्डौ । नेपालको सबैभन्दा ठूलो भुक्तानी सञ्चालक फोनपे ले “फोन पे डिरेक्ट ः पैसा पठाऔं ठाउँको ठाउँ” अभियान सञ्चालनमा ल्याएको छ ।

    यो अभियानले प्रयोगकर्ताहरूलाई मोबाइल नम्बर, खाता नम्बर, र व्यक्तिगत क्यूआर मार्फत् अन्तरबैंक रकम ट्रान्सफर सेवा बारे थप प्रोत्साहन गर्ने लक्ष्य राखेको छ। यसबाट मोबाइल नम्बरबाट रकम ट्रान्सफर गर्दा तुरुन्त हुनुका साथै सुरक्षित हुने र सबै प्रयोगकर्ताहरूलाई सजिलो हुने अपेक्षा गरिएको छ ।

    यो अभियान दुई महिनासम्म चल्नेछ र भदौ ३१ गते हुनेछ। यस अभियानको अन्त्यमा दुईजना भाग्यशाली विजेतालाई आईफोन फिप्टिन प्रो दिने मेगा उपहार योजना छ। यो मेगा उपहार जित्ने मौका पाउनका लागि प्रयोगकर्ताहरूले पोनपे डाइरेक्टबाट पैसा पठाउँदा रिमार्क्स सेक्शनमा विशेष प्रमोकोड “Fonepay Direct”  राख्नुपर्नेछ र अभियान अवधिमा मोबाईल बैँकिङ् एप प्रयोग गरेर फोनफे डाइरेक्टमार्फत कम्तीमा तीन पटक पैसा ट्रान्सफर गर्नु पर्नेछ।

    उक्त विशेष अभियान पुनः ल्याउन पाउँदा उत्साहित भएको उल्लेख गर्दै कम्पनीका चिफ इष्ट्राटेजी अफिसर सुबोध शर्माले यो अभियानले नेपाली उपभोक्ताहरूका लागि डिजिटल कारोबारलाई अझ पहुँचयोग्य बनाउने विश्वास लिएको बताएका छन् ।


    अर्थ चौतारी
  • आइतबार, ६ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved