logo

२०८१ चैत्र ४ मंगलबार

logo
  • मंगलबार, ४ चैत्र २०८१
  • नेपाल लाइफ क्यापिटलको सेयर बिक्रीमा, मूल्य १ सय रुपैयाँ

    नेपाल लाइफ क्यापिटलको सेयर बिक्रीमा, मूल्य १ सय रुपैयाँ

    702
    SHARES
    नेपाल लाइफ क्यापिटलको सेयर बिक्रीमा, मूल्य १ सय रुपैयाँ

    काठमाण्डौ । नेपाल लाइफ क्यापिटलले सेयर बिक्री गर्ने भएको छ । क्यापिटलले साउन ८ गतेदेखि अवितरित हकप्रद सेयर बिक्रीमा राखेको हो । कम्पनीले ४ लाख ३८९ कित्ता हकप्रद सेयर बिक्रीमा राखेको हो । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले साउन २२ गतेसम्म आवेदन दिनुपर्नेछ ।

    क्यापिटलको १०औं बार्षिक साधारण सभाले चुक्ता पुँजी २९ करोड ९९ लाख ३ हजार ६ सय रुपैयाँको १ः०.५ अर्थात ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो । सोही बमोजिम कम्पनीले अंकित मूल्य १ सय रुपैया दरको १४ लाख ९९ हजार ५१८ कित्ता हकप्रद सेयर बिक्रीमा राखेको थियो ।

    तर, कूल १० करोड ९९ लाख १२९ कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो । र, बाँकी रहेको ४ लाख ३८९ कित्ता हकप्रद सेयर संस्थापक सेयरधनीहरूलाई बिक्रीमा राखेको हो ।


    अर्थ चौतारी
  • सोमबार, ७ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved