logo

२०८१ माघ ७ सोमबार

logo
  • सोमबार, ७ माघ २०८१
  • २.१५ अंकले बढेको बजारमा १३ अर्ब ९१ करोडको कारोबार

    २.१५ अंकले बढेको बजारमा १३ अर्ब ९१ करोडको कारोबार

    390
    SHARES
    २.१५ अंकले बढेको बजारमा १३ अर्ब ९१ करोडको कारोबार

    काठमाण्डौ । आज साताको दोस्रो दिन शेयर बजार २ दशलमव १५ अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २ दशलमव १५ अंकले बढेर २,४८८ को विन्दुमा कायम भएको छ ।

    आज ११५ कम्पनीको शेयर मूल्य बढेको छ भने १२१ कम्पनीको शेयर मूल्य घटेको छ ।

    आज दिनभरिमा ३०९ कम्पनीको ३ करोड ९७ लाख ५४ हजार ७११ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब ९१ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३६ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम सिमेन्टको ३४ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कुमारी बैंकको २८ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । नेपाल फाइनान्सका लगानीकर्ताले ८ दशलमव ६७ प्रतिशतका दरले कमाएका छन् । एनएमबि शुलभ फण्डका इकाईधनीले ७ दशलमव ९३ प्रतिशतका दरले कमाएका छन् । छ्याङदी हाइड्रोका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।

    आज सबैभन्दा धेरै गणपति लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ९ दशलमव ९४ प्रतिशतका दरले गुमाएका हुन् ।


    अर्थ चौतारी
  • सोमबार, ७ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट