logo

२०८१ फाल्गुन ६ मंगलबार

logo
  • मंगलबार, ६ फाल्गुन २०८१
  • मौद्रिक नीतिले निजी क्षेत्रको चासोलाई सम्बोधन गर्नुपर्छ : सांसद पुन

    मौद्रिक नीतिले निजी क्षेत्रको चासोलाई सम्बोधन गर्नुपर्छ : सांसद पुन

    91
    SHARES
    मौद्रिक नीतिले निजी क्षेत्रको चासोलाई सम्बोधन गर्नुपर्छ : सांसद पुन

    काठमाण्डौ । नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले मौद्रिक नीति निजी क्षेत्रको चासोलाई सम्बोधन गर्नेगरी ल्याउनुपर्ने बताएका छन् ।

    सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद पुनले निजी क्षेत्रले सङ्कुचनको महसुस गरिरहेको भन्दै मौद्रिक नीतिमा लचकता अपनाउनुपर्ने बताएका हुन् । उनले घरजग्गा कारोबार र शेयर कारोबारमा रहेका अप्ठ्याराहरूलाई फुकाउनुपर्ने बताए । उनले लगानीयोग्य पुँजी बैंकहरुमा थुप्रिएर बसेको भन्दै मौद्रिक नीतिले त्यसलाई चलायमान बनाउनुपर्ने बताए । उनले नेपाल राष्ट्र बैंकको स्वायत्तता र विज्ञतामा सरकारले हस्तक्षेपमा गर्नु नहुने बताए ।

    सांसद पुनले मौद्रिक नीति सरकारले लिएको वित्तीय नीतिलाई समर्थन गर्नेगरी आउनुपर्ने बताए । उनले मौद्रिक नीतिमा कुनै स्वार्थ समूह हाबी हुन नहुने पनि बताए ।


    अर्थ चौतारी
  • सोमबार, ७ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट