logo

२०८२ बैशाख २९ सोमबार

logo
  • सोमबार, २९ बैशाख २०८२
  • राष्ट्रिय बीमा कम्पनीद्वारा आयोजित अभिकर्ता तालिम सम्पन्न

    राष्ट्रिय बीमा कम्पनीद्वारा आयोजित अभिकर्ता तालिम सम्पन्न

    325
    SHARES
    राष्ट्रिय बीमा कम्पनीद्वारा आयोजित अभिकर्ता तालिम सम्पन्न

    काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आयोजना गरेको निर्जीवन बीमा अभिकर्ता आधारभूत तालिम तथा कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम सम्पन्न भएको छ ।



    कम्पनीले साउन २ गतेदेखि ५ गतेसम्म जुम्ला उपशाखा कार्यालयमा तालिम तथा परीक्षा सम्पन्न गरेको बताएको छ । कम्पनीका व्यवस्थापक तथा बजार विभाग प्रमुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा तालिम सम्पन्न भएको हो ।

    तालिम मध्यवर्षायाममा सञ्चालन गरिएको भएतापनि २४ जना प्रशिक्षार्थीहरूको उत्साहजनक सहभागिता रहेको कम्पनीले जनाएको छ । राष्ट्रिय बीमा कम्पनी राष्ट्रको दूरदराज तथा बिकट क्षेत्रका जनताको घरदैलोमा पुगि बीमाको माध्यमबाट जनतालाई लाभान्वित गराउने उदेश्यकासाथ अघि बढेको बजार विभाग प्रमुख देवराज घिमिरेले बताए ।

    उक्त तालिममा व्यवस्थापक देवराज घिमिरे, सह–व्यवस्थापक अर्जुन पौडेल, सहायक व्यवस्थापक सन्तोष के।सी। ले प्रशिक्षकको भूमिका निभाएका थिए भने जुम्ला उपशाखा प्रमुख लाकेन्द्र राउतले सहजीकरण गरेका थिए । तालिममा सहभागीहरूले तालिम निकै प्रभावकारी र लाभदायक रहेको बताएका थिए ।


    अर्थ चौतारी
  • सोमबार, ७ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved