logo

२०८२ बैशाख ११ बुधबार

logo
  • बुधबार, ११ बैशाख २०८२
  • १४ प्रतिशत लाभांश पारित गर्न नेशनल लाइफले डाक्यो ३६औँ साधारण सभा

    १४ प्रतिशत लाभांश पारित गर्न नेशनल लाइफले डाक्यो ३६औँ साधारण सभा

    442
    SHARES
    १४ प्रतिशत लाभांश पारित गर्न नेशनल लाइफले डाक्यो ३६औँ साधारण सभा

    काठमाण्डौ । लाभांश प्रस्ताव पारित गर्न नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ३६औँ वार्षिक साधारण सभा डोकेको छ । इन्स्योरेन्स कम्पनीको साउन ७ गते बसेको बैठकले साउन भदौ ७ गते केन्द्रीय कार्यालय लाजिम्पाट काठमाडौंमा बिहान साढे १० बजे साधारण सभा डाकेको हो ।

    कम्पनीको सभाले लाभांश प्रस्ताव पारित गर्नेछ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजी ५ अर्ब १ करोड १६ लाख रुपैयाँको १० प्रतिशत अर्थात् ५० करोड ११ लाख ६६ हजार रुपैयाँ नगद लाभांश, ४ प्रतिशत अर्थात् २० करोड ४ लाख ६६ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ३ करोड ६९ लाख २८ हजार रुपैयाँ बराबरको लाभांश प्रस्ताव गरेको छ ।

    यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०८०/०८१ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्नेछ ।


    अर्थ चौतारी
  • मंगलबार, ८ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved