logo

२०८२ जेष्ठ १० शुक्रबार

logo
  • शुक्रबार, १० जेष्ठ २०८२
  • साशा इन्जिनियरिङ हाइड्रोपावरले आईपीओ निष्कासन गर्दै

    साशा इन्जिनियरिङ हाइड्रोपावरले आईपीओ निष्कासन गर्दै

    520
    SHARES
    साशा इन्जिनियरिङ हाइड्रोपावरले आईपीओ निष्कासन गर्दै

    काठमाण्डौ । साशा इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले आफ्नो जारी पुँजीको २० प्रतिशतले हुन आउने २५ लाख कित्ता साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । त्यसका लागि एनआइएमबि एस क्यापिटल लिमिटेड निष्कासन तथा बिक्री प्रबन्ध नियुक्त भएको छ ।



     

    धितोपत्र निष्कासन सम्बन्धी सम्झौतापत्रमा निष्कासन कम्पनीका तर्फबाट अध्यक्ष पवित्र कुमार कार्की तथा र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले हस्ताक्षर गरेका छन् ।

    सन् २००७ मा स्थापना भएको साशा इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले दोलखामा ३० मेगावाट क्षमताको खानी खोला (दोलखा) जलविद्युत आयोजना निर्माण गरिरहेको छ । हालसम्म उक्त आयोजनाको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भैसकेको कम्पनीको भनाइ छ । उक्त आयोजनाबाट उत्पादन हुने विद्युत् शक्ति खरिद बिक्री गर्नका लागि नेपाल विद्युत् प्राधिकरणसँग आवश्यक सम्झौता समेत भइसकेको छ ।


    अर्थ चौतारी
  • मंगलबार, ८ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved