logo

२०८१ चैत्र ४ मंगलबार

logo
  • मंगलबार, ४ चैत्र २०८१
  • सामसङले सुरु गर्‍यो फ्यानका लागि नेपाली ओलम्पिक खेलाडीलाई शुभकामना पठाउने प्लेटफर्म

    सामसङले सुरु गर्‍यो फ्यानका लागि नेपाली ओलम्पिक खेलाडीलाई शुभकामना पठाउने प्लेटफर्म

    312
    SHARES
    सामसङले सुरु गर्‍यो फ्यानका लागि नेपाली ओलम्पिक खेलाडीलाई शुभकामना पठाउने प्लेटफर्म

    काठमाण्डौ । चर्चित इलेक्ट्रोनिक्स कम्पनी सामसङले फ्यानका लागि नेपाली ओलम्पिक खेलाडीलाई शुभकामना पठाउने प्लेटफर्म सुरु गरेको छ। नेपाली ओलम्पिक खेलाडीहरूको समर्थनमा सामसङ नेपालले आफ्ना मन पर्ने ओलम्पिक खेलाडीहरूसँग जनतालाई जोड्न समर्पित नयाँ वेबसाइट सुरु गरेको हो।

     

    ‘यस प्लेटफर्मले पेरिस २०२४ ओलम्पिकको आफ्नो गौरव जित्ने यात्रामा रहेका नेपाली खेलाडीहरूलाई प्रोत्साहित गर्ने प्रयासमा खेलकुद प्रशंसकहरू र शुभचिन्तकहरूबाट व्यक्तिगत सन्देशहरू पठाउने सेवा सामसङद्वारा यस वेबसाइटबाट प्रदान गरेको छ’, कम्पनीले उल्लेख गरेको छ।

     

    आफ्नो मन पर्ने खेलाडीलाई आफ्नो टेक्स्ट मेसेज पठाउन यो वेबपेजमा गएर त्यहाँ आफूलाई मन परेको खेलाडीलाई छानी आफ्नो सन्देश र नाम टाइप गरी पठाउन सकिने कम्पनीले जनाएको छ। यी सन्देश खेलाडीहरूले पेरिस २०२४ ओलम्पिकमा प्रतिस्पर्धा गर्न जानुअघि उनीहरूलाई पढ्नको लागि उपलब्ध गराइनेछ। यसले खेलाडीहरूको मनोबल बढाउन र उत्प्रेरित गर्न निश्चित रूपमा आफ्नो भूमिका खेल्ने कम्पनीको विश्वास छ।

     

    कम्पनीले ओलम्पिक विन्टर गेम्स नागानो १९९८ देखि रहेको ओलम्पिकसँगको वायरलेस सञ्चार उपकरण वर्गमा आधिकारिक विश्वव्यापी साझेदारी गर्दै आएको छ। यसपालि ग्यालेक्सी एआईद्वारा सञ्चालित नवीन प्रविधिमार्फत पेरिस ओलम्पिकसँगको सहकार्यमा सामसङले खेलाडीहरू र फ्यानहरूबीचको सम्बन्ध बढाउन समर्पित रहेको उल्लेख गरेको छ।


    अर्थ चौतारी
  • मंगलबार, ८ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved