logo

२०८१ चैत्र २ आइतबार

logo
  • आइतबार, २ चैत्र २०८१
  • पोखरा र भैरहवा विमानस्थललाई फुलफेजमा सञ्चालन गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

    पोखरा र भैरहवा विमानस्थललाई फुलफेजमा सञ्चालन गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

    429
    SHARES
    पोखरा र भैरहवा विमानस्थललाई फुलफेजमा सञ्चालन गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

    काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दुई वटा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पोखरा र भैरहवालाई फूलफेजमा सञ्चालन गर्नेगरी सरकार अघि बढेको बताएका छन् । मंगलबार राजधानीमा होटेल सङ्घ नेपाल (हान) को प्रतिनिधि मण्डलसँग छलफल गर्दै अर्थमन्त्री पौडेलले दुवै विमानस्थललाई फुलफेजमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका हुन् ।

    छलफलका क्रममा हानका अध्यक्ष विनायक शाहले बढ्दो पर्यटन र लगानीलाई दृष्टिगत गरी निर्माण सम्पन्न भएका दुई वटा अन्तर्राष्ट्रिय विमानस्थलको छिटो व्यवसायिकरुपमा सञ्चालनको माग गरेका थिए । प्रतिउत्तरमा अर्थमन्त्री पौडेलले बढ्दै गएको होटलहरुको सङ्ख्या र क्षमता उपयोग गर्न भैरहवा र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलहरूमा अन्तर्राष्ट्रिय उडान बढाउनुका अतिरिक्त पर्यटकीय तथा राष्ट्रिय महत्वका पोखरा, चितवन, लुम्बिनी राजमार्गहरुको विस्तार र स्तरोन्नति निश्चित समयभित्र सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताए ।

    साथै बढ्दै गएको होटेल संख्याको अनुरूप विद्यमान माग बढाउँदै क्षमता उपयोग गर्न आवश्यक नीतिगत सुधार गर्नेतर्फ समेत सरकार सक्रिय रहेको उनले बताए । उपप्रधान तथा अर्थमन्त्री पौडेलले आउँदो मौद्रिक नीतिमा पर्यटन तथा होटल क्षेत्रको स्थायित्व तथा प्रवर्द्धन गर्न अभिप्रेरित रहने बताउँदै व्यवसायीहरूले लामो समयदेखि होटेल क्षेत्रलाई उद्योग सरहको मान्यता दिने माग प्रति सरकार सकारात्मक रहेको र नीतिगत सुधार गर्ने उनको भनाइ थियो ।

    नेपालमा आउने भारतीय पर्यटकहरूबाट त्यहाँको खर्च गर्ने सीमा तथा व्यवस्था, आन्तरिक पर्यटन बढाउने लगायत होटेल सङ्घ नेपालले उठाएका पर्यटन विकास विस्तारका विषयहरूमा मन्त्रालय सकारात्मक रहेको अर्थमन्त्री पौडेलले बताए । उक्त अवसरमा होटेल सङ्घ नेपालका अध्यक्ष शाहले होटलको सङ्ख्या तथा क्षमता बढे अनुरूप माग बढ्न नसकेको हुँदा आउँदो मौद्रिक नीति लगायतका सरकारी पहल आवश्यक रहेको बताए ।


    अर्थ चौतारी
  • मंगलबार, ८ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved