logo

२०८१ चैत्र ३ सोमबार

logo
  • सोमबार, ३ चैत्र २०८१
  • काठमाण्डौ उपत्यकाका ३ जिल्लामा आजदेखि विशेष पोलियो खोप अभियान

    काठमाण्डौ उपत्यकाका ३ जिल्लामा आजदेखि विशेष पोलियो खोप अभियान

    351
    SHARES
    काठमाण्डौ उपत्यकाका ३ जिल्लामा आजदेखि विशेष पोलियो खोप अभियान

    काठमाण्डौ । सरकारले आजदेखि तीन दिनसम्म काठमाण्डौ उपत्यकाका तीन जिल्लामा पोलियो रोगविरुद्धको विशेष खोप अभियान सञ्चालन गर्दैछ। काठमाण्डौको पानीमा पोलियोको भाइरस रहेको पुष्टि भएपछि सरकारले बुधबारदेखि शुक्रबारसम्म तीन दिन काठमाण्डौ, ललितपुर र भक्तपुर जिल्लामा विशेष खोप अभियान सञ्चालन गर्न लागेको हो।

    काठमाण्डौको टुकुचा खोला र बागमती नदीबाट गत जेठ १३ गते संकलन गरिएको ढलको पानी परीक्षण गर्दा परिवर्तित पोलियो भाइरस (भ्याक्सिन डिराइभ्ड पोलियो भाइरस टाइप ३) देखिएको थियो। ढलको पानीमा पोलियो भाइरस पुष्टि भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकाका तीन जिल्लामा विशेष पोलियो खोप अभियान सुरु गर्न लागेको हो ।

     

    परिवार कल्याण महाशाखाका निर्देशक डा.विवेककुमार लालले काठमाण्डौ, ललितपुर र भक्तपुर जिल्लाका जन्मेदेखि पाँच वर्षमुनिका सम्पूर्ण बालबालिकालाई यस अवधिमा पोलियो खोप लगाइने जानकारुी दिए। नियमित रुपमा पोलियो खोप दिइएको भए पनि विशेष अभियानमा आफ्ना बालबालिकालाई अनिवार्य रूपमा पोलियोविरुद्धको खोप लगाउन सरकारले अभिभावकलाई आग्रह गरेको छ। विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई १० वर्षअघि नै पोलियोमुक्त घोषणा गरेको थियो।


    अर्थ चौतारी
  • बुधबार, ९ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved