काठमाण्डौ । काठमाण्डौबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज बुधबार बिहान दुर्घटना भएको छ । विमान करिब ११ बजेतिर दुर्घटना भएको हो ।
विमानस्थलबाट उड्नेबित्तिकै असन्तुलित भएर जहाज तल भूइँमा खसेको बताइएको छ । दुर्घटनापछि विमानमा आगलागी भएको थियो । विमानमा १९ जना सवार रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।
दुर्घटनापछि अहिले उद्धार जारी छ। प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले चार जनाको शव निकालेका छन् । विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउने क्रममा छ ।
विमानस्थलका अधिकारीहरूका अनुसार विमानले अन्य विमानहरूलाई क्षति पुर्याएको छैन । विमानस्थल नजिकका घरहरूमा पनि कुनै क्षति पुगेको छैन ।