logo

२०८१ चैत्र २ आइतबार

logo
  • आइतबार, २ चैत्र २०८१
  • जहाज दुर्घटनामा ज्यान गुमाएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाइने

    जहाज दुर्घटनामा ज्यान गुमाएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाइने

    130
    SHARES
    जहाज दुर्घटनामा ज्यान गुमाएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाइने

    काठमाण्डौ । सरकारले सौर्य एयरको जहाज दुर्घटनामा निधन भएकाहरूको शोकमा भोलि (बिहीबार) राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

    बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ भने जहाजहरूको अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन दिइएको छ ।

    बुधबार बिहान प्राविधिक परीक्षणका लागि काठमाण्डौबाट पोखरा विमानस्थलतर्फ जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको थियो । दुर्घटना हुँदा १८ जनाको निधन भएको थियो भने पाइलट गम्भीर घाइते भएका छन् ।


    अर्थ चौतारी
  • बुधबार, ९ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved