logo

२०८२ बैशाख ११ बुधबार

logo
  • बुधबार, ११ बैशाख २०८२
  • चुक्ता पुँजी २० करोड रहेको प्रभु स्टक मार्केटको आजदेखि कारोबार सुरु

    चुक्ता पुँजी २० करोड रहेको प्रभु स्टक मार्केटको आजदेखि कारोबार सुरु

    572
    SHARES
    चुक्ता पुँजी २० करोड रहेको प्रभु स्टक मार्केटको आजदेखि कारोबार सुरु

    काठमाणडाै । प्रभु बैंकको शतप्रतिशत स्वामित्व रहेको प्रभु स्टक मार्केट लिमिटेडको औपचारिक उद्घाटन भएको छ । प्रभु बैंक सञ्चालक समितिका अध्यक्ष लीलाप्रकाश सिटौलाले बुधबार एक समारोहका बीच कारोबार सञ्चालनको औपचारिक उद्घाटन गरेका हुन् ।

    सो अवसरमा अध्यक्ष सिटौलाले प्रभु बैंकको सहायक कम्पनीको रूपमा स्थापित प्रभु स्टक मार्केटले आगामी दिनमा शेयर कारोबारसँग सम्बन्धित सेवा सहज रूपमा दिने विश्वास व्यक्त गरे । उनले व्यावसायिक सेवा प्रदान गर्दै पुँजी परिचालन तथा नेपालको पुँजीबजारको विकासमा आफ्नो तर्फबाट प्रभु स्टक मार्केटले सक्दो योगदान गर्नेमा आफू विश्वस्त रहेको बताए ।

    त्यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रभु बैंकको सहायक कम्पनीको रूपमा अर्को एउटा संस्था स्थापना भएकोमा खुसी व्यक्त गरे । प्रभु स्टक मार्केटका प्रमुख कार्यकारी अधिकृत भीष्मप्रसाद उप्रेतीले उपस्थित सबैलाई धन्यवाददिँदै ब्रोकर कम्पनीको रुपमा स्थापित यस संस्थाले धितोपत्र खरिदबिक्रीसम्बन्धी सम्पूर्ण सेवाहरू एकै ठाउँबाट सरल र सहज रूपमा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    काठमाडौंको बुद्धनगरमा, नयाँबानेश्वरमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीको अधिकृत तथा चुक्ता पुँजी २० करोड रुपैयाँ रहेको छ ।


    अर्थ चौतारी
  • बुधबार, ९ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved