काठमाण्डौ । भारतकी अर्थमन्त्री निर्मला सीतारमणले मंगलबार बजेट प्रस्तुत गर्दा बहुमूल्य खनिजको आयात शुल्क १५ बाट ६ प्रतिशतमा झारेको घोषणा गरेकी थिइन्।
यसपछि भारतीय बजारमा सुनको भाउ ह्वात्तै घटेको छ। बजेट प्रस्तुत भएसँगै स्थानीय बजारमा सुनको भाउ झन्डै ४ हजार रुपैयाँ घटेको मल्टी कमोडिटी एक्सचेन्जले जनाएको छ।
आयात शुल्क घटाउँदा यस्ता बहुमूल्य धातुको आयात बढ्ने र मूल्य घट्ने बजार व्यवसायी बताउँछन्। फलस्वरूप आन्तरिक बजारमा गहनाको माग बढ्नसक्छ। बुधबार सुनको भाउ प्रति १० ग्राम ७२ हजार ८ सय ३८ भारुबाट झण्डै ४ हजार भारु घटेर ६८ हजार ७ सय ५१ भारु पुगेको बीबीसी हिन्दीले जनाएको छ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times