काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन एकैदिन तोलामा दुई हजार ४०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४५ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदी पनि तोलामा ५५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times