काठमाण्डौ । बुधबार दोहोरो अंकले घटेको सेयर बजारमा बिहीबार दोहोरो अंकको वृद्धि भएको छ । बिहीबार सेयर बजार नेप्से परिसूचक ३२ अंकले बढेर २,५६८ को विन्दुमा अडिएको छ ।
यस दिन १४३ कम्पनीको सेयर मूल्य बढ्दा ९६ कम्पनीको घट्यो भने ३ कम्पनीको सेयर मूल्य स्थिर रह्यो । बिहीबार माइक्रोफाइनान्सको उपसूचकमा लगानीकर्ताको आकर्षण बढेको देखियो । माइक्रोफाइनान्स उपसूचक ६.८३ प्रतिशतले बढेको छ ।
यस दिन ३ सय २० कम्पनीको ३ करोड ५५ लाख ९४ हजार ८६८ कित्ता सेययर किनबेच हुँदा १४ अर्ब १३ करोड ७८ लाख रुपैयाँको कारोबार भयो ।
बिहीबार सबैभन्दा धेरै सानिमा जिआइसी इन्स्योरेन्सले सेयर कारोबार गर्याे । यस कम्पनीको ३४ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै हिमालयन लाइफको २४ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार हुँदा शिवम् सिमेन्टले २३ करोड ७२ लाख रुपैयाँको सेयर कारोबार गर्यो ।
यस दिन सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाए । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । जीवन विकास लघुवित्तका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।
यस्तै, एशियन हाइड्रोका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाए भने गणपति लघुवित्तका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका छन् ।
बिहीबार सबैभन्दा धेरै मितेरी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाए । यस कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times