logo

२०८२ जेष्ठ १० शुक्रबार

logo
  • शुक्रबार, १० जेष्ठ २०८२
  • खर्बको व्यवसाय जोगाउन सुनचाँदी व्यवसायीद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण

    खर्बको व्यवसाय जोगाउन सुनचाँदी व्यवसायीद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण

    221
    SHARES
    खर्बको व्यवसाय जोगाउन सुनचाँदी व्यवसायीद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण

    काठमाण्डौ । सुनचाँदी व्यवसायीले भारतले सुन आयातमा लाग्ने भन्सार महशुल धेरै घटाएपछि नेपालको सुन व्यवसाय प्रभावित हुने भन्दै अर्थमन्त्री गुहारेका छन् ।यसका लागि नेपाल सुनचाँदी व्यववसायी महासंघले भन्सार दर समायोजन गर्न सरकारसमक्ष आग्रह गरेको छ ।



    महासंघका कार्यवाहक अध्यक्ष दियेशरत्न शाक्यको नेतृत्वमा बुधबार गएको प्रतिनिधी मण्डलले अर्थमन्त्री विष्णप्रसाद पौडेललाई भेटी भारत सरकारले बजेटमार्फत् भन्सार दर घटाएपछि नेपालमा परेको प्रभावका विषयमा जानारी गराउँदै नेपालमा पनि सोही अनुरुप हुनेगरी भन्सार दर समायोजन गर्न आग्रह गरेको हो।

    भारतले हालै आफ्नो बजेटमार्फत सुनचाँदीमा लाग्दै आएको भन्सार दर १५ प्रतिशतबाट घटाएर ६ प्रतिशतमा झारेको छ । नेपालमा भने सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत सुनको भन्सार दर ५ प्रतिशतले वृद्धि गरी २० प्रतिशत पुर्‍याएको छ ।

    साथै महासंघले अर्थमन्त्रीलाई खुल्ला सीमाका कारण दुई देश बीचको भन्सार दर बीच असन्तुलनले अवैध कारोबारले प्रोत्साहन पाउनेबारेमा पनि अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ । व्यवसायीले नेपालमा हाल कायम रहेको भन्सार दर घटाई भारतीय बजारसँग नजिक हुनेगरी मूल्य मिलान गर्न आवश्यक रहेको पनि बताएका छन् ।

    व्यवसायीसँको भेटमा अर्थमन्त्री पौडेलले मागलाई गम्भीर रुपमा लिएको बताए । साथै उनले यसबारे अध्ययनपश्चात्नि उचित र्णय लिने पनि बताए ।व्यवसायीहरुले भने सुनको आयतमा कोटा वृद्धि गर्नुपर्ने, वर्षभरि हुने आयातलाई सिलिङ मानेर बजारको माग र आवश्यकताका आधारमा एउटा महिनाको सुन वर्षभरिमा जुनसुकै महिना पनि ल्याउन पाउनुपर्ने माग राखेका थिए ।

    महासंघका निवर्तमान अध्यक्ष मणिकरत्न शाक्यले १ खर्ब रुपैयाँभन्दा बढी लगानी भएको यो क्षेत्रलाई राज्यले गम्भीर रूपमा लिनुपर्ने बताए ।सुनचाँदीको गरगहना आयातमा भएको व्यवस्थालाई प्रभावकारी बनाइनुपर्ने, चाँदी आयातको सीमा वृद्धि गरिनुपर्ने लगायतमा माग उनीहरुको छ ।

    मन्त्री पौडेलसँगको भेटका क्रममा महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्य, चतुर्थ उपाध्यक्ष पवन सोमानी, महासचिव किरणभाई बज्राचार्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ लगायतको उपस्थिति थियो ।

     


    अर्थ चाैतारी
  • बिहिबार, १० साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved