logo

२०८१ चैत्र २ आइतबार

logo
  • आइतबार, २ चैत्र २०८१
  • नेपाल र क्यानाडा बीच ब्रेन एण्ड ब्रिजको भूमिका खेल्दै एएनसिसि

    नेपाल र क्यानाडा बीच ब्रेन एण्ड ब्रिजको भूमिका खेल्दै एएनसिसि

    195
    SHARES
    नेपाल र क्यानाडा बीच ब्रेन एण्ड ब्रिजको भूमिका खेल्दै एएनसिसि

    काठमाण्डाै । कयानडाको एबि प्रोविन्स्, रोक्क्री मोउन्टेन को काखमा रहेको कलग्रे शहरमा विधिवत रुपमा अल्बटा नेपाल चेम्बर अफ कमर्सको उद्घाटन भयो। सो उदघाटन समारोहमा विशिष्ट अतिथिहरु क्यानडाका लागी नेपाली राजदुत महमहीम भरत राज पौडयाल, एबि प्रान्तका कानुन मन्त्री मिकी अमेरी, सांसदका प्रतिनिधिहरु जर्ज चहल, यसराज हलेन, क्याल्गेरी महानगरपालिका वडा ५का वडा अध्यक्ष राज धालिवाल, पूर्व मन्त्री जेरेमी निक्सन, एबी प्रान्तको मुख्य मन्त्रीको सचिवालयबाट डा. चिका डेनियल, ह्याप्पी म्यानको उपस्थिति रहेको थियो।

     

    यसै गरी एनआरएन आइसिुसि का प्रतिनिधिहरु एनआरएन क्यानडाका अध्यक्ष माधव दुलाल, एनआरएनकार्यसमितिका साथीहरू, उत्तर अमेरिका पत्रकार संघका अध्यक्ष सुरज भण्डारी, समितीका साथीहरु, विभिन्न संघ संस्थाका प्रिनिधिहरु, विभिन्न व्यापार व्यवसायका सञ्चालकहरू, क्यालगरीका विशिष्ट व्यक्तिहरु, स्थानिय पत्रकार साथीहरु र क्यालगरीमा रहेका बुद्धिजिवीहरुको उपस्थिती रहयो।

    यस कार्यक्रममा एएनसिसि का विशेष सल्लाहकार देव रोडनी र मनिष अडियानीको उपस्थिती थियो भने नेपालबाटबाट नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष राजेन्द्र मल्ल र उद्योगपती
    नेपाल चेम्बर अफ कमर्सका सल्लाहकार मुकुन्द तिमिल्सेनाले एएनसिसिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

    यस कार्यक्रमको उदघाटन समारोहमामा दिप प्रज्वलन क्यानडाका लागि नेपाली महामहिम राजदुत भरता राज पौडलेबाट गरिएको थियो। यसैगरी एएनसिसिको सिलन्यास कानुन मन्त्री माएकि मेरी बाट भएको थियो र रिबन कटिङ्ग समारोहमा गोर्गि चाहल रसराज हलनलाई सबै अतिथीहरुले साथ दिनु भएको थियो।

    यस कार्यक्रमको सुरुवात लन्ड ओफ् एकोनलेृजमेन्ट र दुइ देशको राष्ट्रीय धुनबाट सुरु गरिएको थियो। यस कार्यक्रमको सुरुवात एएनसिसिका उपाध्यक्ष दिवस ढकालद्वारा विधिवत रूपमा सञ्चालन भएको थियो। यस कार्यक्रममा उपस्थित विभिन्न अतिथिहरुबाट एनसिसि लाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो।

    यस अवसरमा एएनसिसिका अध्यक्ष समिर पाण्डेबाट स्वागत मन्तव्य दिएर कार्यक्रममा उपस्थित सबै अतिथीहरुलाई स्वागत गर्नु भएको थियो। सो अवसरमा उहाले नेपाल र क्यानडा को एबि बिचको आर्थिक विकास, सामाजिक विकास, पर्यटन र प्रवर्धन, व्यापारीक सम्बन्ध, र दुई देशको सरकार बिचको ब्रिज च्याम्बरका उद्देश्य रहेको प्रष्ट पार्नु भयो। यसका सासाथै ब्द्य मा रहेका व्यवसायीहरुलाई व्यापार प्रवर्धनमा मार्गदर्शन एएनसिसिले गर्ने कुरामा जोड दिनु भयो।

    यसै गरी महामहिम राजदुत भरत पौडयाल एएनसिसिले आर्थिक, समाजिक, पर्यटन प्रवर्धन को विकासको लागी कोसेढुङ्गा सावित हुनेकुरामा आशावादी रहेको र नेपाल सरकारको सहयोग रहने कुरामा मन्तव्य व्यक्त गर्नु भयो र ल्भउब िसरकारको तर्फबाट एएनसिसिलाई पुर्ण सहयोग हुनेकुरामा विश्वास व्यक्त गर्नुभयो।

    सो अवसरमा यस एबि प्रान्तीय सरकारका कानुनमन्त्री मिकि अम्यारिले आफ्नो तर्फबाट एएनसिसिलाई पूर्ण सहयोग र यस्ले नेपाल सरकार र एबि सरकार बीचको एतिहासिक सम्बन्धको सुरुवात गरेको कुरा व्यक्त गर्नु भयो। साथै उहाले आफ्नो सम्पूर्ण सहयोग एएनसिसिलाई रहने कुरा व्यक्त गर्नु भयो।

    यसै कार्यक्रममा संसाद गेओर्गे चहल्ले एएनसिसिलाई केन्द्रीय सरकार सँग समन्वय गराई कृषि, ऊर्जा सम्बन्धी विकासको पक्षमा आफू पुर्ण रूपले सहयोग गर्ने र आवस्यक सहयोग जुटाउने कुरामा प्रतिवद्धता व्यक्त गर्नु भयो। उहाले आफू क्यानडाको प्राकृतिक श्रोत समितिको अध्यक्ष भएको हैसियतले आफ्नो तर्फबाट पुर्ण सहयोग रहने कुरामा प्रतिवद्धता व्यक्त गर्नु भयो। गेओर्गे चहल्ले यस अवसरमा नेपाल र क्यानडाको बीचमा एएनसिसि ले नेपाल र क्यानडाको संसद बिचको मित्रताका सम्बन्ध अझै दिगो बनाउने कुरामा आशावादी भएको कुरा व्यक्त गर्नु भयो।

    यसै गरी अर्का सांसद जसराज हल्लेन्ले यो नयाँ आयमले नेपाल र क्यानडाको बिच आर्थिक, समाजिक र सांस्कृतिक भाइचारा प्रवर्धन गर्ने कुरामा विश्वास व्यक्त गर्दै आगामी दिनमा आफ्नो तर्फबाट यस एएनसिसिलाई चाहिने सहयोग गर्दछू भन्नु भयो।

    अर्का वक्ता राज ढलिवल्ले एएनसिसिको स्थापनाले आफु निकै हर्षित भएको र आगामी दिनमा चेम्बरको उत्तरोत्तर प्रगतीको कामना गर्नु भयो। उहाले एएनसिसिका स्थापनाले व्यापार, प्रवर्धन, सामाजिक र सांस्कृतिक आदान प्रदान गर्ने कुरामा अग्रिम भुमिका खेल्ने कुरामा विश्वास दिलाउनु भयो।

    एनआरएनए क्यानडाका अध्यक्ष माधव दुलालले यो कार्यक्रम एतिहासिक भएको र यस्ले नेपाल र क्यानडाको बिच व्यापारीक र सांस्कृतिक सम्बन्धको पूर्ण सहयोग र समन्वयन रहने कुरा बताउनु भयो। यसै गरी व्यापार व्यवसायको तर्फबाट श्रीकान्त अर्यालले यस एएनसिसिको उत्तरोत्तर प्रगतीको कामना गर्नुका साथै बधाई दिनु भयो।

    यसै गरी एएनसिसिको विशेष सल्लाहकार पूर्व मन्त्री र २ पटक एभ्रेष्ट आरोहि देव रोन्डीले आफु एएनसिसि र यसको विकासको लागी हर क्षेत्रबाट सहयोग गर्ने कुरामा दृणा रहेको बताउनु भयो। अर्का एएनसिसिका विशेष सल्लाहकार मसिन अडानीले यस एएनसिसिको लागी जस्तो सुकै सहयोग गर्न तत्पर रहेको र यस एएनसिसिको उज्वल भविष्यको कामना गर्नु भयो। यसैगरी नेपालमा रहेका विशेष सल्लाहकार नेपाल चेम्बर अफ कर्मसका पूर्व अध्यक्ष राजेन्द्र मल्ल र मुकुन्द तिमिल्सेनाले एएनसिसिलाई पूर्ण सहयोग र सहकार्य गर्ने प्रतबद्धता जनाउदै शुभकामना सन्देश व्यक्त गर्नु भयो।

    यस कार्यक्रममा नेपाल दर्शने सांस्कृतिक झलक साना नानीहरूले गरेको प्रस्तुतिबाट अतिथिहरु सार्है प्रभावित हुनु हुन्थ्यो।

    अन्तिममा यस कार्यक्रमको चियापानमा सम्पूर्ण अतिथि, सामाजिक समन्यकर्ता, व्यापारीहरु, बुद्धिजीवीहरुले चेम्बरको उत्तरोत्तर प्रगतीको शुभकामना दिदै यस चेम्बरले नेपाल र क्यानडा बिचमा ब्रेन र ब्रिजको कामगर्ने कुरामा दुईमत नहुने र आआफ्नो तर्फबाट सहयोग गर्ने कुरा व्यक्त गर्नु भयो। अन्तमा यस एएनसिसिका निर्देशक धुर्व राइद्वारा कार्यक्रममा अवस्थित सम्पूर्ण अतिथिहरु धन्यवाद ज्ञापन गर्नु भयो र साथै सम्पूण भोलुन्टीयरहरुलाई उहाहरुको सहयोगको लागी आभारी व्यक्त गर्नु भयो।


    अर्थ चौतारी
  • बिहिबार, १० साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved