काठमाण्डौ । पाइलट मनीषरत्न शाक्यलाई सघन उपचार कक्ष (आईसीयू) बाट सामान्य वार्डमा सारिएको छ । सौर्य जहाज दुर्घटनामा घाइते भएका पाइलट शाक्यलाई स्वास्थ्य अवस्थामा सुधार आएपछि सामान्य वार्डमा सारिएको हो ।
काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पतालका निर्देशक प्रा.डा.मीना थापाका अनुसार अस्पतालको आकस्मिक कक्षमा प्राथमिक उपचारपछि उनलाई निगरानीका लागि आईसीयूमा राखिएको थियो । तर, हिजो (बिहीबार) साँझ उनलाई क्याबिनमा सारिएको हो ।
शाक्यलाई न्युरो र हाडजोर्नी विशेषज्ञ चिकित्सकहरूको निगरानीमा राखिएको थापाले जानकारी दिइन् ।