logo

२०८१ फाल्गुन २ शुक्रबार

logo
  • शुक्रबार, २ फाल्गुन २०८१
  • मौद्रिक नीति सार्वजनिक, निर्माण व्यवसायीहरुलाई बम्पर छुट, चेक बाउन्समा कालोसूचिमा राख्न नपाइने

    मौद्रिक नीति सार्वजनिक, निर्माण व्यवसायीहरुलाई बम्पर छुट, चेक बाउन्समा कालोसूचिमा राख्न नपाइने

    39
    SHARES
    मौद्रिक नीति सार्वजनिक, निर्माण व्यवसायीहरुलाई बम्पर छुट, चेक बाउन्समा कालोसूचिमा राख्न नपाइने

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आवको मौद्रिक नीति सार्वजनिक गरेका छन् ।

    गभर्नर महाप्रसाद अधिकारीले निर्माण व्यवसायीहरुलाई बम्पर छुट दिँने नयाँ मौद्रिक नीति सार्वजनिक गरेका छन् । नेपाल राष्ट्र बैंकले सरकारले घोषणा गरेको बजेट र १६ औं पञ्च बर्षिय योजना अनुसारको नयाँ मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

    नयाँ मौद्रिक नीतिमा निर्माण व्यवसायीहरुलाई बम्पर छुट दिने घोषणा गरिएको छ । त्यस्तै, चेक अनादरको कारण कुनै व्यक्ति कालोसूचिमा पर्ने व्यवस्थालाई हटाइएको छ ।

    जस अनुसार निर्माण व्यवसायीहरुले लिएको कर्जाको नविकरण गर्ने म्याद २०८१ मंसिर मसान्तसम्म थप गर्ने, निर्माण व्यवसायीहरुलाई चेक अनादर भएकै आधारमा कालो सूचनामा राख्नु नपर्ने व्यवस्था लागू गरिएको छ । त्यस्तै, जेभी भेन्चर कालोसूचिमा परेकै कारण मूल कम्पनीलाई कालोसूचिमा राख्न नपाइने व्यवस्था गरिएको छ । त्यस्तै, ठेक्का नविकरण भएमा बैंक ऋण पनि नविकरण गर्ने व्यवस्था गरिएको छ ।

    अब नयाँ व्यवस्था अनुसार चेक बाउन्स भएमा तत्कालै कालोसूचिमा राखेर खाता बन्द गर्ने व्यवस्था अन्त्य गरिएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, ११ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट