logo

२०८२ जेष्ठ ३१ शनिबार

logo
  • शनिबार, ३१ जेष्ठ २०८२
  • राष्ट्र बैंकले लियो लघुवित्त मर्जरको रणनीति

    राष्ट्र बैंकले लियो लघुवित्त मर्जरको रणनीति

    754
    SHARES
    राष्ट्र बैंकले लियो लघुवित्त मर्जरको रणनीति

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई मर्जर गर्ने गरी रणनीति अघि सारेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले लघुवित्त वित्तीय संस्थाहरू तथा तीनका शाखाहरू बिचको मर्जर तथा प्राप्तिलाई प्रोत्साहित गरिने बताएको हो । यद्यपि मर्जर तथा प्राप्तिको मोडालिटी, सहजीकरण र प्रोत्साहनको रणनीति भने कसरी गर्ने राष्ट्र बैंकले बताएको छैन ।



     

    हाल देशैभर सञ्चालित घ वर्गका लघुवित्त वित्तीय संस्थाहरूको सङ्ख्या ५५ वटा रहेको छ । सङ्ख्यात्मक रूपमा धेरै भए पनि गुणात्मक (पर्फमेन्स) मा राम्रो गर्न नसकिएको निष्कर्षसहित राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्था मर्जरको नीति अघि सारेको हो । मर्जरले संस्थाको पुँजी वृद्धि गर्नुका साथै लगानी र प्रतिफलमा थप सुधार आउने राष्ट्र बैंकको बुझाइ छ ।

     

    उसो त यसअघि क र ख वर्गका बैंकहरुलाई फोर्स मर्जरको नीति लिएको बैंकले ३१ वटा वाणिज्य बैंकलाई मर्जर गरेर २० वटामा झारेको छ भने चुक्ता पुँजीमा एक बैंकको २५ देखि ३० अर्ब रुपैयाँ पुगिसकेको छ । यसले एउटै बैंकले पनि ठुलो परियोजनामा लगानी गर्न सहज भएको केन्द्रीय बैंकको तर्क छ । यसैगरी ४ दर्जन भन्दा बढी रहेका विकास बैंकहरु समेत मर्जर गर्दै हाल १७ वटामा झारी सकिएको छ ।


    अर्थ चौतारी
  • शनिबार, १२ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved