logo

२०८१ फाल्गुन २ शुक्रबार

logo
  • शुक्रबार, २ फाल्गुन २०८१
  • ट्रेण्डिङको नम्बर १ मा तीज गीत ‘काली पसम कि’

    ट्रेण्डिङको नम्बर १ मा तीज गीत ‘काली पसम कि’

    520
    SHARES
    ट्रेण्डिङको नम्बर १ मा तीज गीत ‘काली पसम कि’

    काठमाण्डौ । ‘प्रेम सापकोटा सोनु’ को शब्द तथा संगीत रहेको गीत मर्मस्पर्शी गीत ‘काली पसम कि’ ट्रेण्डिङको नम्बर १ मा आएको छ । समाचार तयार पार्दाको समयसम्ममा ट्रेण्डिङको नम्बर १ मा रहेको तीज गीत ‘काली पसम कि’ को गीत १६ लाख ८३ हजार बढि पटक हेरिएको छ ।

     

    विवाहित नारीले श्रीमानबाट भोगेको हिंसा त्यसपछि निम्त्याउने समस्याहरुलाई गीतमा जिवन्तरुपमा उतारिएको छ ।

    काली पसम कि’ ट्रेण्डिङको नम्बर १ मा आएसँगै गायक एंव गितकार प्रेम सापकोटा सोनु’ले सामाजिक सञ्जालमार्फत जिवनमा पहिलोपटक गितसंगितको यात्राबाट खुशि भएको बताएका छन् । सागै उनले यो खुशि दिलाउनुहुने तपाईहरु सम्पूर्ण प्रति आभार व्यक्त गरेका छन् ।

    ‘प्रेम सापकोटा सोनु’ को शब्द तथा संगीत रहेको गीत चर्चीत गायिका शान्तिश्री परियारको स्वरले प्राण भरेको छ । शान्तिश्रीले बिनोद बाजुरालीले संगीत संयोजन गरेको गीतलाई खडक बाजुरालीले मिक्सिङ गरेका हुन् । मालाश्री रकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिस्ट सागर बाजुराली र गोबिन्द पराजुली हुन् । गीतमा अडियोका सबै विधाहरु उत्कृष्ट रहेका छन् । गीतले तीजको मर्म बोकेको छ ।

    अडियो जस्तै गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । गीतको जेरी भण्डारीको निर्देशन तथा कोरियायोग्राफीमा तयार भएको भिडियोमा स्मारिका ढकाल र जोन बम ठकुरी फिचर्ड छन् । कलाकारहरुको नृत्य दमदार त छँदैछ, अभिनय पनि जीवन्त गरेका छन् । राजेश घिमिरेले छायांकन गरेको गीतको भिडियोलाई नबिन घर्ति मगरले सम्पादन गरेका हुन् ।

    भिडियोलाई श्रावण ४ गते स्वयं गीतकार प्रेम सापकोटा सोनुको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

     


    अर्थ चौतारी
  • शनिबार, १२ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट