logo

२०८२ जेष्ठ ३१ शनिबार

logo
  • शनिबार, ३१ जेष्ठ २०८२
  • ललितपुरको खोड्कु खोलाको जलसतह सतर्कता तहभन्दा माथि

    ललितपुरको खोड्कु खोलाको जलसतह सतर्कता तहभन्दा माथि

    858
    SHARES
    ललितपुरको खोड्कु खोलाको जलसतह सतर्कता तहभन्दा माथि

    काठमाण्डौ । देशका अधिकांश ठाउँमा वर्षा भइरहेको छ । वर्षाका कारण ललितपुरको खोड्कु खोला झरुवारासी जलमापन केन्द्रमा आज बिहान जलसतह सतर्कता तह पार गरेको छ । जलसतह तह बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।



    त्यस्तै, काठमाण्डौको बुढानीलकण्ठ, कपन, ललितपुरको लेले, गोदावरी, टिकाथली र आसपास पछिल्लो तीन घण्टामा मध्यमदेखि भारी वर्षा भइरहेको विभागले जनाएको छ । धोबीखोला, विष्णुमती नदी, लेले खोला, गोदावरी खोलाको जलसतह बढ्दो क्रममा रहेको र थप बढ्न सक्ने सम्भावना रहेको जनाइएको छ ।

    विभागले आज बिहान ४ः३० बजे गरेको मापन अनुसार पछिल्लो तीन घण्टामा लमजुङको बेसीसहर, खुदीबजार, कुन्चा, घारेढुंगा र धेरै स्थानमा भारी वर्षा मापन भएको जनाएको छ । ती क्षेत्रमा उच्च सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।


    अर्थ चौतारी
  • आइतबार, १३ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved