काठमाण्डौ । न्यादी हाइड्रोपावरले गत आर्थिक वर्ष २०८०÷८१ को चौथौं त्रैमासमा खुद नोक्सानी २० प्रतिशत घटाएको छ । गत असारसम्म १६ करोड ६६ लाख ७३ हजार रुपैयाँ नोक्सानीमा छ । जबकी अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको खुद नोक्सानी २० करोड ९३ लाख २१ हजार रुपैयाँ थियो ।
कम्पनीले विद्युत बिक्री वापत ५९ करोड २० लाख ४६ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५९ करोड १६ लाख ४४ हजार रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको थियो । कम्पनीको कुल नाफा ३२ करोड ७९ लाख रुपैयाँ रहेको छ । यस्तै कम्पनीको अन्य आम्दानी ७८ हजार रुपैयाँ छ ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । कम्पनीको वित्तीय खर्च ४५ करोड ७९ लाख रुपैयाँ रहेकोमा वित्तीय आम्दानी ३ लाख ७९ हजार रुपैयाँ रहेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी ११.११ रुपैयाँ ऋणात्मक र प्रतिसेयर नेटवर्थ ६६.०२ रुपैयाँ छ ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times