logo

२०८२ बैशाख १२ बिहिबार

logo
  • बिहिबार, १२ बैशाख २०८२
  • गोरखामा हाइड्रोका कामदार बसेको घर पहिरोले बगाउँदा ४ जना बेपत्ता (नामावली)

    गोरखामा हाइड्रोका कामदार बसेको घर पहिरोले बगाउँदा ४ जना बेपत्ता (नामावली)

    598
    SHARES
    गोरखामा हाइड्रोका कामदार बसेको घर पहिरोले बगाउँदा ४ जना बेपत्ता (नामावली)

    काठमाण्डौ । गोरखामा गएराति पहिरोले घर पुरिँदा एकै परिवारका तीनसहित चार जना बेपत्ता भएका छन्। गोरखाको उत्तरी धार्चे गाउँपालिका–५ सिङग्लामा पहिरोले एउटा घर पुरिँदा चारजना बेपत्ता भएका हुन्। पहिरोमा हराएका एक जनालाई भने गम्भीर घाइते अवस्थामा उद्धार गरिएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङका स्वकीय सचिव राज गुरुङले जानकारी दिए।

    ‘हामी अध्यक्षज्यूसहित अहिले घटनास्थलतिर जाँदैछौँ,’ आइतबार बिहान नौ बजे उनले नेपालखबरसँग भने, ‘घटनस्थल दुर्गम ठाउँमा छ। त्यहाँ पुग्न अझै हामीलाइ आधा घण्टा जति लाग्छ।’ गएराति ३ बजे गएको पहिरोले स्थानीय जितबहादुर गुरुङको घर पुरिँदा घरमुली गुरुङसहित चार जना बेपत्ता भएका हुन्।

    सुरुमा ५ जना बेपत्ता भएका भएपनि पछि एक जनालाई गम्भीर घाइते अवस्थामा फेला पारिएको उनले बताए। बेपत्ता हुनेमा घरमुली जितबहादुर गुरुङ, उनकी पत्नी कान्छी गुरुङ र बुवा कान्छामान गुरुङ छन्। त्यसैगरी सोही घरमा बास बसेका स्थानीय रमेश गुरुङ पनि पहिरोमा बेपत्ता छन्। उनी हाइड्रोका कामदार हुन्।

    पहिरोमा पुरिएर स्थानीय दिलिप गुरुङ गम्भीर घाइते भएका उनले जानकारी दिए। ‘दिलिपको अवस्था गम्भीर छ। अर्का घाइते खमबहादुर गुरुङ भने खतरा मुक्त छन्,’ राज गुरुङले भने, ‘घाइतेलाई हेलिकप्टर चार्टर गरेर काठमाडौँ लैजाने तयारी हुँदैछ।’

    पहिरोस्थल नजिकै वाटर इनर्जी हाइड्रो पावर निर्माणाधिन अवस्थामा छ। सोही हाइड्रो पावरमा काम गर्ने मजदुरसहित नौ जना गएराति सो घरमा बास बसेका थिए। राति एक्कासी स्थानीय ड्युपार खोलामा लेदोसहितको ठूलो बाढी आउँदा एउटा घर र एउटा गोठ पुरिएको उनले जानकारी दिए। घरमा बास बसेका केही कामदारले भने भागेर ज्यान जोगाएका छन्।

    पहिरोले एउटा कुखुरा फार्म र केही मेसिन पनि बगाएको उनले बताए। घटनास्थलबाट भागेर ज्यान जोगाएका खमबहादुरले पहिरोमा मानिसहरु पुरिएको जानकारी गराएका थिए। जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी वासुदेव पाठकले घटनास्थलमा अझै प्रहरी नपुगेको बताए। ‘नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना घटनस्थलतिर जाँदैछन्,’ उनले भने, ‘नजिकैको प्रहरी चौकीबाट पनि घटनास्थलमा पुग्न चार घण्टा लाग्छ। त्यहाँ गाडी जाँदैन। अत्यन्त दुर्गम ठाउँ हो।’ प्रहरी टोली लाप्राक र माछाखोलाबाट घटनास्थलतर्फ गइरहेको उनले बताए।


    अर्थ चौतारी
  • आइतबार, १३ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved