logo

२०८२ जेष्ठ ३१ शनिबार

logo
  • शनिबार, ३१ जेष्ठ २०८२
  • नेप्सेमा ११३.४२ अंकले उकालाे, १५ अर्ब ८१ करोड बढीकाे काराेबार

    नेप्सेमा ११३.४२ अंकले उकालाे, १५ अर्ब ८१ करोड बढीकाे काराेबार

    208
    SHARES
    नेप्सेमा ११३.४२ अंकले उकालाे, १५ अर्ब ८१ करोड बढीकाे काराेबार

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले खुकुलो नीति ल्याएपछि पुँजी बजारमा हरियाली छाएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति खुकुलो र सेयर बजारसँग सम्बन्धित नीतिलाई सहज बनाएपछि लगानीकर्ता उत्साहित बनेका हुन् ।



    साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई पटक सर्किट ब्रेक लागेको छ । बिहान ११ बजे खुलेको एक मिनेटमै नेप्से परिसूचक ३.९९ प्रतिशत अर्थात् १०२.६८ अंक बढेर २ हजा ६७०.८२ अंकमा पुग्यो । नेप्से ४ प्रतिशत बढेपछि २० मिनेटका लागि बन्द भयो । पहिलो सर्किटपछि खुलेको केही मिनेटमै पुनः दोस्रोपटक सर्किट लागेर थप ४० मिनेटका लागि सेयर बजार बन्द भएको थियो । दोस्रो सर्किटमा नेप्से परिसूचक ५.०२ प्रतिशत अर्थात् १२९.०७ अंक बढेर २ हजार ६९७.२१ अंकमा पुगेको थियो ।

    राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा लगाइएको २० करोड रुपैयाँको क्याप हटाएपछि लगानीकर्तामा रौनकता छाएको हो । २० करोडको क्याप हटाउँदा सेयर बजारमा प्रवाह हुने कर्जा बढ्ने लगानीकर्ता बताउँछन् । जसकारण आइतबारको सेयर बजार बढेको उनीहरूको तर्क छ ।

    आइतबार अन्तिम समयमा नेप्से परिसूचक ४.४१ प्रतिशत अर्थात् ११३.४२ अंक बढेर २ हजार ६८१.५६ अंकमा पुगेर बन्द भएको छ । यस अवधिमा ३१८ कम्पनीको ४ करोड ३ लाख १४ हजार ५१७ कित्ता सेयर १ लाख ६३ हजार ८१० पटक खरिदबिक्री हुँदा १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत साउन महिनामा उठाएको ब्याज गत वर्षको वित्तीय विवरणमा जोड्न पाउने व्यवस्था गरेको छ । साउन महिनाको ब्याज जोड्दा बैंकहरूको नाफा पनि स्वतः बढ्ने देखिन्छ । जसकारण पछि नेप्सेको बैंकिङ समूहमा उछाल आएको छ । नेप्सेमा १२ कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ भने १० वटा कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल एसबीआई बैंक, सानिमा बैंक, एनएमबी बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, सिटिजन्स बैंक, प्राइम बैंक, कृषि विकास बैंक, नेपाल बैंक,उपकार लघुवित्त, हाथवे इन्भेष्टमेन्टको सेयर मूलय १० प्रतिशत बढेको हो । यस्तै एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंकको सेयर मूल्य ९.९९ प्रतिशत बढेको हो । यस्तै एनआईसी एशिया बैंक, नबिल बैंक, हिमालयन बैंक, निफ्रा बैंक, माछापुच्छ्रे बैंक, सिद्धार्थ बैंकको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

    नेप्सेका अनुसार आइतबार बैंकिङ समूह ८.९८ प्रतिशत, विकास बैंक समूह ४.८७ प्रतिशत, फाइनान्स समूह १.२९ प्रतिशत, होटल तथा पर्यटन समूह ०.४६ प्रतिशत, जलविद्युत समूह ०.८३ प्रतिशत, इन्भेष्टमेन्ट समूह ५.७५ प्रतिशत, जीवन बीमा समूह ४.२४ प्रतिशत, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ समूह १.७२ प्रतिशत, म्युचुअल फण्ड समूह १.३८ प्रतिशत, अन्य समूह ३.१९ प्रतिशत र ट्रेडिङ समूह २.६२ प्रतिशतले बढेको छ । तर, लघुवित्त समूह भने ०.१८ प्रतिशतले घटेको छ ।

    आज कुमारी बैंकको सेयर कारोबार सर्वाधिक भएको छ । यस बैंकको ३६ करोड १० लाख रुपैयाँ, एनआईसी एशिया बैंकको ३४ करोड ८१ लाख रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको ३२ करोड २५ लाख रुपैयाँ र हाथवे इन्भेष्टमेन्टको २७ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।


    अर्थ चौतारी
  • आइतबार, १३ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved