logo

२०८१ फाल्गुन ३ शनिबार

logo
  • शनिबार, ३ फाल्गुन २०८१
  • करदाताले कर चुक्ता प्रमाणपत्र अनिवार्य लिनैपर्छ भन्ने छैन : महानिर्देशक तिवारी

    करदाताले कर चुक्ता प्रमाणपत्र अनिवार्य लिनैपर्छ भन्ने छैन : महानिर्देशक तिवारी

    364
    SHARES
    करदाताले कर चुक्ता प्रमाणपत्र अनिवार्य लिनैपर्छ भन्ने छैन : महानिर्देशक तिवारी

    काठमाण्डौ । आन्तरिक राजस्व विभागका महानिर्देशक शिवलाल तिवारीले सबै करदाताहरूले कर चुक्ताको प्रमाणपत्र अनिवार्य लिनुपर्छ भन्ने नभएको बताएका छन् । मंगलबार भक्तपुरमा भएको एक कार्यक्रममा बोल्दै तिवारीले यस्तो बताएका हुन्।

    उनले कुनै पनि कम्पीहरूले करचुक्ताको प्रमाण आवश्यकताअनुसार लिन सकिने बताए । उनले कर चुक्ता अनिवार्य नभएको भन्दै आवश्यकताअनुसार लिन आवश्यक रहेको बताए । ६३ लाख करदाता रहेको भन्दै घरबाट नै आवश्यक भएको खण्डमा कर चुक्ताको प्रमाण पत्र प्रिन्ट गर्न सकिने उनले जानकारी दिए ।

     

    उनले करदाता सबै इमान्दार नभएको बताए । उनले अहिले एसेसमेण्ट गरेको कर पछि तिर्न पाउनुपर्ने भन्दै करदाताहरू अदालतमा गएको देखिएको बताए । २० वर्षसम्मका पुराना मुद्दा र फाइलहरू जिल्ला, उच्च, पुनारावेदन र सर्वोच्च अदालतमा फछ्र्यौट गर्न बाँकी रहेको उनको भनाइ छ । उनले आन्तरिक राजस्व विभागको प्रशासनिक अदालतमा १ हजार ७६३ प्रशासनिक पुनरावेदनमा मुद्दा रहेको बताए ।

     

    उनले प्रशासनिक पुनरावेदनमा मुद्दाहरू बढेर गइरहेको भन्दै अब फाइल घटाउने भन्दा पनि मुद्दा घटाएर टुंगो लगाउनुपर्ने बताए ।


    अर्थ चौतारी
  • मंगलबार, १५ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट