काठमाण्डौ । टाटाले बनाएको पहिलो विद्युतीय गाडी नेपाल आइपुगेको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले ‘टाटा पञ्च इभि’ नेपाल भित्र्याएको हो । गत माघ महिना (जनवरी, २०२४) मा भारतीय बजारमा टाटा पञ्च इभी सार्वजनिक गरिएको थियो । त्यसको झन्डै ६ महिनापछि सिप्रदीले नेपाल भित्रयाएको हो ।
गत आइतबार नेपाल आएको टाटाको पन्च विद्युतीय प्लेटफर्मममा बनेको पहिलो इभि गाडी हो । हाल यसको दुई वटा भेरियन्टमा नेपाल ल्याइएको छ । कम्पनीका अनुसार पन्च इभि लङ रेञ्ज (एलआर) र मिडियम रेञ्ज (एमआर) गरि दई भेरियन्टमा उपलब्ध छन् ।
कम्पनीका अनुसार स्मार्ट, स्मार्ट प्लस, एड्भेन्चर, एम पावर्ड र एम पावर्ड प्लस भेरियन्ट पनि उपलब्ध छन् । कम्पनीका अनुसार भुगोल परीक्षणका लागि ल्याइएको हो । सडक र बजार परीक्षणका लागि ल्याइएको उक्त इभि यो वर्षको नाडा अटो शोमा पनि प्रदर्शनीमा राखिने छ ।
टाटा पन्च इभि गाडीमा २५ किलोवाट र ३५ किलोवाट आवरमा दुई ब्याट्री उपलब्ध छन् । कम्पनीका अनुसार २५ किलोवाट आवरको ब्याट्री भएको टाटा पन्च इभिमा ६० किलोवाट पावर र ११४ एनएम टर्क जेनेरेट गर्दछ । पन्च इभिले सिंगल चार्जमा एमआरले ३१५ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ भने एलआरले ४२१ किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ । यसको ग्राउन्ड क्लियरेन्स १९० एमएमको छ ।
कम्पनीका अनुसार एभरआर भेरिन्यटलाई ७.२ किलोवाटको चार्जर मार्फत साढे तीन घण्टामै फुल चार्ज गर्न सकिने छ । यस्तै, अलआरलाई भने साढे पाँच घण्टामा फुल चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार फास्ट चार्जर (५० किलोवाट) ले भने करिब ८० प्रतिशतसम्म चार्ज गर्न ५६ मिनेट मात्रै लाग्ने कम्पनीको दावी छ ।
यो गाडीमा १०.२५ इन्चको इन्फोटेनमेन्ट टच स्क्रिन र इन्स्टुमेन्ट कलस्टर दिइएको छ भने वायरलेस फोन चार्जर र ३६० डिग्रीको क्यामेरा समेत दिइएको छ। गाडीमा स्वचालित क्लाइमेट कन्ट्रोल, वायरलेस चार्जर, इलेक्ट्रोनिक पार्किङ ब्रेक, छवटा एयरब्याग, ब्लाइन्ड स्पट मनिटर जडान गरिएको छ । हालसम्म भने यसको मूल्य भने खुलाइएको छैन । भारतीय बजारमा भने यसको सुरुवाती मूल्य १० लाख ९९ हजार देखि १५ लाख ९९ हजार भारुसम्म तोकिएको छ ।