logo

२०८१ फाल्गुन ६ मंगलबार

logo
  • मंगलबार, ६ फाल्गुन २०८१
  • बस्ती पस्यो बागमती, यी नदी किनारमा सतर्कता अपनाउन आग्रह

    बस्ती पस्यो बागमती, यी नदी किनारमा सतर्कता अपनाउन आग्रह

    247
    SHARES
    बस्ती पस्यो बागमती, यी नदी किनारमा सतर्कता अपनाउन आग्रह

    काठमाण्डौ । काठमाण्डौ उपत्यका र आसपासका क्षेत्रमा रातभर मध्यमदेखि भारी वर्षा भएको छ । जसकारण बागमती, विष्णुमतीलगायतका नदीले खतराको तह पार गरेका छन् ।

    बागमती नदी ठाउँ ठाउँमा बस्तीमा पसेको छ । साथै यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खु खोलालगायत सबैमा जलसतह खतराको तहमा पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    डुबान हुने स्थानमा रहनेहरू बिहान १० बजेसम्म सुरक्षित स्थानमा रहन विभाग आग्रह गरेको छ । यता ललितपुरको गोदावरी खोला थाइबाको जलमापन केन्द्रमा हालको जलसतह खतराको तह पार गरेको छ । उक्त क्षेत्रमा रहनेहरूलाई बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन विभागको अनुरोध छ ।

    भक्तपुरको हनुमन्ते खोला, वाग्मतीको गौरीघाट जलमापन केन्द्रमा पनि जलसतहले सतर्कता तह पार गरेर बस्ती जलमग्न भएकाे छ ।


    अर्थ चौतारी
  • बुधबार, १६ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट