logo

२०८१ चैत्र ८ शनिबार

logo
  • शनिबार, ८ चैत्र २०८१
  • आज देश भरमा भारी वर्षा हुने अनुमान सतर्कता अपनाउन अनुरोध

    आज देश भरमा भारी वर्षा हुने अनुमान सतर्कता अपनाउन अनुरोध

    468
    SHARES
    आज देश भरमा भारी वर्षा हुने अनुमान सतर्कता अपनाउन अनुरोध

    काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। यतिबेला (बुधबार बिहान) देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ।

     

    बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भैरहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

     

    आज दिउँसो पनि देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

    राति देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा राति भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।


    अर्थ चौतारी
  • बुधबार, १६ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved