logo

२०८१ माघ २७ आइतबार

logo
  • आइतबार, २७ माघ २०८१
  • गोरखा मिडिया नेटवर्कमा स्वर्णलक्ष्मी सहकारीबाट साढे पाँच करोड रकम ट्रान्सफर भएको तथ्य फेला !

    गोरखा मिडिया नेटवर्कमा स्वर्णलक्ष्मी सहकारीबाट साढे पाँच करोड रकम ट्रान्सफर भएको तथ्य फेला !

    351
    SHARES
    गोरखा मिडिया नेटवर्कमा स्वर्णलक्ष्मी सहकारीबाट साढे पाँच करोड रकम ट्रान्सफर भएको तथ्य फेला !

    काठमाण्डौ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानविन गर्न गठित विशेष संसदीय समितिले सरोकारवाला निकायसंग निरन्तर छलफल गरिरहेको छ ।

    शुक्रबार मात्रै समितिले विभिन्न प्रदेश र स्थानीय तहका सहकारीका नियामक निकायका पदाधिकारीहरुसँग छलफल गरेको छ । सूर्यदर्शन, सानो पाइला, सुप्रिम, ईमेज, साहारा, समानता लगायतका सहकारी संस्थाहरुमा केन्द्रीत छलफल भएको हो ।

    समितिका सभापति सूर्य थापाकाअनुसार स्थानीय तह र प्रदेश स्तरमा सहकारी संस्थाहरुको अवस्थाको विषयमा छलफल भएको थियो । बैठकमा सूर्यदर्शन सहकारीका सम्बन्धमा पोखरा महानगरपालिकाले गठन गरेको छानविन समितिको प्रतिवेदन, सुप्रिम सहकारी लगायतका बारेमा छलफल भएको थियो । सभापति थापाका अनुसार काठमाडौं महानगरपालिकाले ४० वटा सहकारी संस्थाको अनुगमन गरी तयार पारेको प्रतिवेदन र देखापरेको प्रवृत्तिको बारेमा पनि बैठकमा छलफल भएको हो ।

    हालसम्म गोरखा मिडिया नेटवर्कमा गएको रकम एउटा ४ करोड ८८ लाख हजार २ सय ७१ रुपैयाँ ७६ पैसा र २० लाख र ५० लाखमध्ये गोरखा मिडियामा सिधै २० लाख र जिबी ग्रुप अफ कम्पनीमा ५० लाख गएको बताइएको छ। सबै गरी करिब साढे ५ करोड रुपैयाँ सूर्यदर्शक सहकारीबाट गएको पाइएको हो ।

    जिबी राई, भूपेन्द्र राई, थानेश्वर बुढा, शिवबहादुर गुरुङ, कुमार रम्तेलको नाममा र उनीहरुको मार्फत हेमन्त अधिकारी र स्वर्णलक्ष्मी सहकारीको नाममा गएको बताइएको छ । एउटा सहकारीको चेक अर्को सहकारीको नाममा ट्रान्सफर भएको पनि भेटिएको छ ।


    अर्थ चौतारी
  • बुधबार, १६ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट