logo

२०८२ बैशाख ११ बुधबार

logo
  • बुधबार, ११ बैशाख २०८२
  • सूर्योदय वोमी लघुवित्त एफपीओ बाँडफाँट, ९ जनाले हात पारे ११ कित्ता

    सूर्योदय वोमी लघुवित्त एफपीओ बाँडफाँट, ९ जनाले हात पारे ११ कित्ता

    598
    SHARES
    सूर्योदय वोमी लघुवित्त एफपीओ बाँडफाँट, ९ जनाले हात पारे ११ कित्ता

    काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँट भएको छ । संस्थाको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा आज बिहान ८ बजे एफपीओ बाँडफाँट गरिएको हो।

     

    संस्थाको एफपीओमा कुल १५ लाख ६४ हजार ४२३ आवेदकबाट २ करोड २१ लाख २७ हजार ८८० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो । जसमध्ये १५ लाख ६३ हजार ३२२ कित्ता सदर हुँदा विभिन्न कारणले १ हजार १०१ आवेदन बदर भएको क्यापिटलले जनाएको छ ।

     

    यसरी कुल सदर १५ लाख ६३ हजार ३२२ आवेदकबाट २ करोड २१ लाख ८ हजार ७१० कित्ता सेयरका लागि खरिद आवेदन परेको थियो । कुल आवेदकमध्ये ४ हजार ६७२ जनालाई १० कित्ताका दरले ४६ हजार ७२० कित्ता सेयर बाँडफाँट गरिएको छ । बाँकी रहेको ९.५४५ कित्ता सेयर ९ जनालाई थप १–१ कित्ताका दरले बाँडफाँड गरिएको छ ।

     

    लघुवित्तले साउन ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४६ हजार ७२९.५४५० कित्ता सेयर निष्काशन गरेको थियो।


    अर्थ चौतारी
  • बुधबार, १६ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved