logo

२०८१ फाल्गुन ३ शनिबार

logo
  • शनिबार, ३ फाल्गुन २०८१
  • पर्यटनको विकासका लागि निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका छ : मन्त्री पाण्डे

    पर्यटनको विकासका लागि निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका छ : मन्त्री पाण्डे

    416
    SHARES
    पर्यटनको विकासका लागि निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका छ : मन्त्री पाण्डे

    काठमाण्डौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि सरकारी प्रयासले मात्रै विराट प्रगति गर्न नसक्ने बताएका छन् । बुधवार नेपाल पर्यटन बोर्डद्वारा आयोजित स्वागत कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले निजी क्षेत्रलाई स्वतःस्फूर्त रूपमा आउन आग्रह गरे ।

    मन्त्री पाण्डेले भिजिट नेपाल अभियानले पर्यटन क्षेत्रलाई उजागर गरेको बताए । एक अर्काको कमी कमजोरी आग्रह पूर्वाग्रह नगरी पर्यटनको विकासका लागि अघि बढ्न कर्मचारीलाई समेत उनले निर्देशन दिए । उनले परिणाममुखी काम गरेर पर्यटनको क्षेत्रमा चलायमान र गतिशील बनाउन आग्रह गरे। पर्यटनका क्षेत्रमा नीतिगत, कानुनी, पद्धति वा प्रवृत्ति के कारणले समस्या उत्पन्न भएको हो ? त्यसको पहिचान गरेर अघि बढ्नु पर्नेमा उनले जोड दिए ।

    नेपाल वायु सेवा निगम लगायतका क्षेत्रमा प्रश्न उठेको बताउँदै के कति कारणले चल्न सकेको छैन भन्दै प्रश्न गरे । उनले बहुभाषिक, बहुसांस्कृतिक र भौगोलिक दृष्टिकोणमा विविधता भएकाले नेपालको अलग्गै पहिचान रहेको बताए। उनले नेपालमा आउने पर्यटकले विविध क्षेत्रको अध्ययन, अवलोकन गर्नका लागि आउने गरेको दाबी गरे। उनले मुलुकको प्रकृति र संस्कृतिलाई समेत पर्यटनकै माध्यमबाट चिनाउन सकिने बताए।


    अर्थ चौतारी
  • बुधबार, १६ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट