logo

२०८२ जेष्ठ ३१ शनिबार

logo
  • शनिबार, ३१ जेष्ठ २०८२
  • माइक्रोसफ्टले भन्यो– ‘आईटी आउटेज’ साइबर आक्रमणकै कारण भएको थियो

    माइक्रोसफ्टले भन्यो– ‘आईटी आउटेज’ साइबर आक्रमणकै कारण भएको थियो

    949
    SHARES
    माइक्रोसफ्टले भन्यो– ‘आईटी आउटेज’ साइबर आक्रमणकै कारण भएको थियो

    काठमाण्डौ । केही समयअघि विश्वभर भएको ‘मास आईटी आउटेज’ साइबर आक्रमणकै परिणाम भएको प्रविधि कम्पनी माइक्रोसफ्टले जनाएको छ। कम्पनीले गरेको प्रारम्भिक अनुसन्धानअनुसार एक साइबर आक्रमण भएको र त्यसलाई राम्ररी प्रतिरक्षा गर्न नसक्दा आईटी आउटेजको समस्या व्यहोर्नुपरेको हो।



     

    यसअघि कम्पनीले उक्त घटनाका लागि माफी मागेको थियो। आईटी आउटेज १० घण्टासम्म चल्दा माइक्रोसफ्टका प्रडक्टहरु प्रभावित भएका थिए। त्यसले माइक्रोसफ्ट सिस्टमहरु प्रयोग गरेका ८५ लाख कम्प्युटरमा असर पुगेको थियो।

    माइक्रोसफ्टका अनुसार सुरुमा ‘डिस्ट्रिब्युटेड डेनियल अफ सर्भिस (डीडीओएस) आक्रमण भएको थियो। त्यसपछि कम्पनीको प्रतिरक्षा कार्यान्वयनमा गल्ती देखिँदा आक्रमण साम्य हुनुको साटो विस्तार भएको थियो। माइक्रोसफ्टले उक्त समस्या समाधानको पहल गरेको र प्रभावकारी भइरहेको जनाउँदै पूर्ण रुपमा सुरक्षित बनाउने बताएको छ।


    अर्थ चौतारी
  • बुधबार, १६ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved