logo

२०८१ माघ ५ शनिबार

logo
  • शनिबार, ५ माघ २०८१
  • लघुवित्तको असल कर्जामा १.१ प्रतिशत मात्र जोखिम व्यवस्था

    लघुवित्तको असल कर्जामा १.१ प्रतिशत मात्र जोखिम व्यवस्था

    338
    SHARES
    लघुवित्तको असल कर्जामा १.१ प्रतिशत मात्र जोखिम व्यवस्था

    काठमाण्डौ । लघुवित्त वित्तीय संस्थाहरूले असल वर्गमा वर्गीकरण भएको कर्जामा १ प्रतिशत मात्रै कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले लघुवित्तलाई जारी गरेको एकीकृत निर्देशिका संशोधन गर्दै असल वर्गमा वर्गीकरण कर्जामा १.१ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम राख्न भनेको हो ।

     

    यो व्यवस्था चालु आर्थिक वर्षदेखि कार्यान्वयन हुने राष्ट्र बैंकले जनाएको छ । यसअघि सोही वर्गको कर्जामा १.३ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गनुपर्ने थियो । कर्जा नोक्सानी व्यवस्था घटाएसँगै लघुवित्तको नाफा पनि बढ्ने देखिन्छ ।

    तर, अन्य कर्जा वर्गीकरणमा गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्थामा भने कुनै संशोधन गरिएको छैन । लघुवित्तहरूले सूक्ष्म निगरानी वर्गमा वर्गीकरण कर्जामा ५ प्रतिशत, कमसल वर्गमा वर्गीकरण कर्जामा २५ प्रतिशत, शंकास्पद वर्गीकरण कर्जामा ५० प्रतिशत र खराब वर्गीकरण कर्जामा १०० प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने हुन्छ ।


    अर्थ चौतारी
  • बिहिबार, १७ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट