logo

२०८१ चैत्र ३ सोमबार

logo
  • सोमबार, ३ चैत्र २०८१
  • नेप्से सूचक ५.२९ अंकले घट्यो, २१ अर्ब ७१ करोड बढीको कारोबार

    नेप्से सूचक ५.२९ अंकले घट्यो, २१ अर्ब ७१ करोड बढीको कारोबार

    611
    SHARES
    नेप्से सूचक ५.२९ अंकले घट्यो, २१ अर्ब ७१ करोड बढीको कारोबार

    काठमाण्डौ । साताको अन्तिम दिन आज बिहीबार शेयरबजार परिसूचक नेप्से सामान्य अंकले घटेको छ। आज नेप्से सूचक ५.२९ अंकले घटेर २७५५.६२ को बिन्दुमा पुगेर रोकिएको छ। आज बजार २८ सयको बिन्दुमा पार गरेर २८०५ को उच्चतम बिन्दुमा पुगेर फर्किएको हो ।

    आज कारोबारमा आएका ३३२ कम्पनीका ५ करोड १३ लाख २१ हजार ६ सय २९ कित्ता ह्स्येरा खरिद बिक्रीबाट २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार ७ रुपैयाँ ७४ पैसाको कारोबार भएको छ। जस मध्ये हिमालयन रिन्स्योरेंसको सर्वाधिक ५९ करोड ७५ लाख तथा शिवम सिमेन्टको ४३ करोड ८१ लाखको कारोबार भएको छ।

    आज कारोबारमा आएका मध्ये एचआईडिसिएल, सिटी होटेल सहित ५ कम्पनीको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। आज पिपुल्स पावरको शेयर मूल्य सर्वाधिक ९.१३ प्रतिशत घटेको छ भने प्रभु बैंकको ऋणपत्रको मूल्य ८.६५ प्रतिशत घटेको छ । त्यस्तै रसुवागढी हाइड्रोको शेयर मूल्य ७.०९ प्रतिशत तथा अपार सोलु हाइड्रोको शेयर मूल्य ६.७० प्रतिशत घटेको छ।

    आज कारोबारमा आएका मध्ये लाइफ इन्स्योरेन्स समूह सर्वाधिक ३.६९ प्रतिशत बढेको छ भने ट्रेडिङ समूह सर्वाधिक ३.५४ प्रतिशत घटेको छ।


    अर्थ चाैतारी
  • बिहिबार, १७ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved