logo

२०८२ जेष्ठ ३१ शनिबार

logo
  • शनिबार, ३१ जेष्ठ २०८२
  • राष्ट्रिय बीमा कम्पनी ११औँ वर्षमा प्रवेश, स्तरीय र विश्वसनीय सेवा दिने प्रतिबद्धता

    राष्ट्रिय बीमा कम्पनी ११औँ वर्षमा प्रवेश, स्तरीय र विश्वसनीय सेवा दिने प्रतिबद्धता

    858
    SHARES
    राष्ट्रिय बीमा कम्पनी ११औँ वर्षमा प्रवेश, स्तरीय र विश्वसनीय सेवा दिने प्रतिबद्धता

    काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनी ११औँ वर्षमा प्रवेश गरेको छ । बीमा कम्पनी १० वर्ष पुरा गरी आजदेखि ११औँ वर्षमा प्रवेश गरेको हो ।



    वि.सं.२०२४ सालमा राष्ट्रिय बीमा कम्पनी प्रालिका रूपमा स्थापना भएपश्चात् राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ बमोजिम राष्ट्रिय बीमा संस्थान स्थापना भएको थियो । राष्ट्रिय बीमा संस्थानको निर्जीवन बीमा विभागलाई नेपाल सरकारको वि.सं २०७१ बैशाख २३ गतेको निर्णयानुसार छुट्टै सङ्गठित संस्थाको नाममा निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्ने निर्णय गरेको थियो ।

    कम्पनी ऐन, २०६३ अनुसार कम्पनी रजिस्ट्रारको कार्यालयमा जेठ २८ गते दर्ता भई २०७१ साल साउन १८ गतेबाट कारोबार सञ्चालन गरेको थियो । यस कम्पनीसँग पाँच दशकभन्दा लामो निर्जीवन बीमा व्यवसायको इतिहास छ । आगामी दिनहरूमा अझ भरपर्दो स्तरीय र विश्वसनीय बीमा सेवा प्रदान गर्दै जाने कम्पनीले प्रतिबद्धता व्यक्त गरेको छ ।

    २६ करोड ६६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीमा नेपाल सरकारको ४१.०३ प्रतिशत, कर्मचारी सञ्चय कोषको १९.३७ प्रतिशत, नेपाल बैंकको ९.६० प्रतिशत गरी कुल ७० प्रतिशत संस्थाप समूहको सेयर स्वामित्व छ भने सर्वसाधारण समूहको ३० प्रतिशत सेयर स्वामित्व छ ।


    अर्थ चौतारी
  • शुक्रबार, १८ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved