logo

२०८१ चैत्र ४ मंगलबार

logo
  • मंगलबार, ४ चैत्र २०८१
  • सिटिजन्स बैंकद्वारा “मनाऔं साउन सिटिजन्ससँग” अफर सार्वजनिक

    सिटिजन्स बैंकद्वारा “मनाऔं साउन सिटिजन्ससँग” अफर सार्वजनिक

    156
    SHARES
    सिटिजन्स बैंकद्वारा “मनाऔं साउन सिटिजन्ससँग” अफर सार्वजनिक

    काठमाण्डाै । सिटिजन्स बैंकले साउन महिना भरिको लागि “मनाऔं साउन सिटिजन्ससँग” नामक अफर सार्वजनिक गरेको छ । कम्पनीले साउन महिनालाई ध्यानमा राखेर महिलाका लागि यो अफर ल्याएको हो ।

    उक्त अफरअन्तर्गत साउन महिनाको हरेक सोमबार कम्पनीको जुन सुकै शाखा कार्यालयमा गएर खाता खोल्दा ग्राहकले विभिन्न उपहार पाउने छन् ।

    कम्पनीका अनुसार ग्राहकले साउनको सोमबार खोलेको खातामा एक वर्षसम्म लकर कि धरौटीमा ५० प्रतिशतसम्म छूट पाउने छन् । साथै कम्पनीले उक्त अफरमा पहिलो वर्षमा मोबाइल बैंकिङ्ग र डेबिट कार्ड पनि निःशुल्क प्रयोग गर्न पाइने सुविधा रहेको बताएको छ ।

    साउन महिना खाता खोल्ने महिला ग्राहकलेले उपहार स्वरुप सौभाग्य सामग्री पनि पाउने छन् । कम्पनीले यो अफर सबै शाखाहरुमा साउन महिना भर लागू हुने पनि बताएको छ ।


    अर्थ चौतारी
  • शुक्रबार, १८ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved