logo

२०८२ असार २८ शनिबार

logo
  • शनिबार, २८ असार २०८२
  • विपदमा मृत्यु भएका परिवारलाई ३ करोड ४० लाख बीमा रकम भुक्तानी

    विपदमा मृत्यु भएका परिवारलाई ३ करोड ४० लाख बीमा रकम भुक्तानी

    572
    SHARES
    विपदमा मृत्यु भएका परिवारलाई ३ करोड ४० लाख बीमा रकम भुक्तानी

    सुर्खेत । कर्णाली प्रदेश सरकारले विभिन्न विपद्का घटनामा मृत्यु भएका व्यक्तिका परिवारका लागि राष्ट्रिय बीमा कम्पनीमार्फत ३ करोड ४० लाख रकम उपलब्ध गराएको छ ।



     

    प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गत आर्थिक वर्ष २०८०/८१ को साउनदेखि असारसम्म भूकम्प, बाढी–पहिरो, चट्याङ, आगलागीजस्ता विभिन्न विपदबाट मृत्यु भएका परिवारका १ सय ७१ जना हकवालालाई उक्त रकम भुक्तानी गरेको हो ।

    विशेषगरी जाजरकोट भूकम्पमा परी मृत्यु भएका १ सय ५१ व्यक्तिका परिवारलाई २ लाख रुपैयाँका दरले ३ करोड रुपैयाँ बीमामार्फत भुक्तानी गरिएको मन्त्रालयले जनाएको छ ।

     

    मन्त्रालयका अधिकृत कमल सापकोटाले जाजरकोट भूकम्पबाट मृत्यु भएका तीनजनाको रकम भुक्तानी प्रक्रियामा रहेको जानकारी दिए ।

     

    यसैगरी, भूकम्पबाहेक अन्य विपद्मा परी मृत्यु भएका २० जनाको परिवारलाई ४० लाख रकम बीमामार्फत भुक्तानी गरिएको उनको भनाइ छ । कर्णालीका १७ लाख नागरिकलाई विपद् सामूहिक दुर्घटना बीमा गरेअनुसार बीमा रकम उपलब्ध गराइएको उनले जानकारी दिए ।

     

    ‘अहिलेसम्म जाजरकोट भूकम्पमा परी मृत्यु भएका १ सय ५१ जनामध्ये तीन जनाको प्रक्रियामा छ, बाँकी सबैको बीमामार्फत रकम भुक्तानी भइसकेको छ,’ उनले भने, ‘अन्य विपदमा परी मृत्यु भएका प्रदेशका २० जनाको पनि रकम भुक्तानी भइसकेको छ, भुक्तानी हुन बाँकी रहेका परिवारलाई पनि चाँडै रकम दिन्छौँ ।’

     

    राष्ट्रिय बीमा कम्पनी कर्णाली प्रदेशले केहीको कागज नपुगेका कारण भुक्तानी हुन नसकेको जनाएको छ । आन्तरिक मामिला मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा विपद्बाट जाजरकोटमा सबैभन्दा बढी एक सय ५१ जनाको भुकम्पमा परि मृत्यु भएको छ । अन्य २० जनाको बाढीपहिरो लगायतका घटनामा परेर मृत्यु भएको हो ।

     

    प्रदेश सरकारको ‘विपद् जोखिम बीमासम्बन्धी कार्यविधि, २०७६’ अनुसार विपद्बाट मृत्यु भएका परिवारका लागि २ लाख र आवास बीमाअन्तर्गत ५ लाख रुपैयाँ उपलब्ध गराउने उल्लेख छ ।


    अर्थ चाैतारी
  • बुधबार, २३ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved