logo

२०८२ जेष्ठ १० शुक्रबार

logo
  • शुक्रबार, १० जेष्ठ २०८२
  • नेशनल लाइफ इन्स्योरेन्स र सूर्योदय लघुवित्तको शेयर मूल्य समायोजन

    नेशनल लाइफ इन्स्योरेन्स र सूर्योदय लघुवित्तको शेयर मूल्य समायोजन

    546
    SHARES
    नेशनल लाइफ इन्स्योरेन्स र सूर्योदय लघुवित्तको शेयर मूल्य समायोजन

    काठमाण्डौ । बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । बुुधबार नेशनल लाइफ इन्स्योरेन्स र सूर्योदय लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोन भएको हो ।



    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुई कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले नेशनल लाइफ इन्स्योरेन्सको ४ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको शेयर मूल्य ७०५.७७ कायम भएको छ ।

    नेप्सेले बुधवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीकोे शेयर मूल्य समायोजन गरेको हो । बुधवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता ७३४मा अन्तिम कारोबार भएको थियो ।

    त्यस्तै नेप्सेले सूर्योदय वोमी लघुवित्तको १४.०१ प्रतिशत प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको शेयर मूल्य १ हजार १३.११ कायम भएको छ ।

    नेप्सेले बुधवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीकोे शेयर मूल्य समायोजन गरेको हो । बुधवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता१ हजार १५५ मा अन्तिम कारोबार भएको थियो ।


    अर्थ चौतारी
  • बुधबार, २३ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved