logo

२०८१ फाल्गुन २ शुक्रबार

logo
  • शुक्रबार, २ फाल्गुन २०८१
  • नेपालभर विशेष अफरहरूसहित सिट्रोनको निःशुल्क चेकजाँच क्याम्प सुरु

    नेपालभर विशेष अफरहरूसहित सिट्रोनको निःशुल्क चेकजाँच क्याम्प सुरु

    221
    SHARES
    नेपालभर विशेष अफरहरूसहित सिट्रोनको निःशुल्क चेकजाँच क्याम्प सुरु

    काठमाण्डौ । नेपालमा सिट्रोन गाडीहरुको लागि आधिकारिक वितरक सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले सिट्रोन गाडीको ग्राहकहरुलाई लक्षित गरी निःशुल्क चेकजाँच क्याम्प आयोजना गरेको छ।

    यो क्याम्पले खरिद गरिएका सिट्रोनका सवारी साधनलाई राम्रो अवस्थामा राख्नुका साथै विशेष छुटहरूको फाइदा पनि प्रदान गर्नेछ। यस क्याम्पमा, फी सर्भिसिङ गाडीका सबै पार्ट्समा १० प्रतिशत छुट, निःशुल्क साधारण चेकजाँच साथै लुब्रिकेन्ट्समा ५ प्रतिशत छुटलगायतका विभिन्न आकर्षक अफरहरू उपलब्ध हुनेछन् । यी सुविधाहरूले सिट्रोन गाडीका ग्राहकहरुको सवारी अनुभवलाई अझ राम्रो बनाउने र उल्लेखनीय बचत पनि गराउनेछ।

    दुई चरणमा सञ्चालन हुने यो क्याम्प पहिलो चरण आज र भोलि (साउन २७ र २८) बिर्तामोडमा, २९ र ३० गते विराटनगरमा र साउन ३२ गते वीरगन्जमा हुनलागेको हो। दोस्रो चरणमा पोखरा, दाङ, बुटवल, र नारायणघाट समावेश छन्, जसको मिति छिट्टै घोषणा गरिने कम्पनीले जनाएको छ। सिट्रोनले आफ्ना ग्राहकहरुलाई तोकिएको मिति र स्थानहरूमा यी विशेष अफरहरूको लाभ उठाउन आग्रह गरेको छ।


    अर्थ चौतारी
  • आइतबार, २७ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट