logo

२०८२ बैशाख ६ शुक्रबार

logo
  • शुक्रबार, ६ बैशाख २०८२
  • शिखर इन्स्योरेन्सको नाफा १२६.८७ प्रतिशतले बढ्यो , ईपीएस १९.३२ रुपैयाँ

    शिखर इन्स्योरेन्सको नाफा १२६.८७ प्रतिशतले बढ्यो , ईपीएस १९.३२ रुपैयाँ

    702
    SHARES
    शिखर इन्स्योरेन्सको नाफा १२६.८७ प्रतिशतले बढ्यो , ईपीएस १९.३२ रुपैयाँ

    काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा ५१ करोड ३० लाख २१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २२ करोड ६१ लाख २५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष १२६.८७ प्रतिशत बढी नाफा आर्जन गरेको हो ।

    गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको खुद बीमाशुल्क १३.३२ प्रतिशत बढेर १ अर्ब ५६ करोड १२ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३७ करोड ७७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ९.८२ प्रतिशत घटेर ९४ करोड ९७ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ५ करोड ३१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

     

    गत असारसम्म कम्पनीको कुल आम्दानी ४.०६ प्रतिशत बढेर २ अर्ब ५४ करोड ७७ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ४४ करोड ८२ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । यस्तै कम्पनीको कुल खर्च ४.७४ प्रतिशत घटेर १ अर्ब ८६ करोड ९१ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ९६ करोड २१ लाख रुपैयाँ कुल खर्च गरेको थियो ।

     

    समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ, जगेडा कोष १७.५४ प्रतिशत बढेर १ अर्ब ७१ करोड ८८ लाख रुपैयाँ, महाविपत्ती कोष २२.१९ प्रतिशत बढेर १४ करोड १२ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्ग ३१ करोड ५१ लाख रुपैयाँ र अन्य इक्विटी ६.५७ प्रतिशत बढेर ६० करोड १४ लाख रुपैयाँ सञ्चित छ ।

     

    कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी १०.८१ रुपैयाँ बढेर १९.३२ रुपैयाँ पुगेको छ । असार मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ३७.४२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २०४.५९ रुपैयाँ रहेको छ ।


    अर्थ चौतारी
  • बुधबार, ३० साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved