काठमाण्डौ । सेयर बजार नेप्से सूचक ४३.०५ अंकले बढेको छ । सो वृद्धिपछि नेप्से ३०००.८१ अंकमा कायम भएको छ ।
साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा २९ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
यो कारोबार रकम हालसम्मकै उच्च हो । यसअघि सोमबार कारोबार रकमले २७ अर्ब २४ करोडको उच्च रेकर्ड बनाएको थियो ।
बिहीबार बैंकिङ समूहको उपसूचक ५.५६ अंकमाथिले बढ्दा समग्र बजार नै प्रभावित बन्न पुगेको छ । यस्तै डेभलपमेन्ट बैंक समूह, होटल तथा पर्यटन, हाइड्रोपावर, इन्भेष्टमेन्ट, म्युचुअल फण्ड, नन् लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचक धनात्मक हुँदा बाँकी ५ वटा उपसूचक मात्र ऋणात्मक भएका छन् ।
बिहीबार १०५ कम्पनीको सेयर मूल्य बढ्दा १३७ कम्पनीको घटेको छ । बुटवल पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी र मोदी इनर्जी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने नेपाल फाइनान्स लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्न पुगेको छ ।
© 2024: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times