logo

२०८१ मंसिर २४ सोमबार

logo
  • सोमबार, २४ मंसिर २०८१
  • नबिल बैंकको क्रेडिट कार्ड कर्जा नतिर्ने ६६ जनाको नाम सार्वजनिक

    नबिल बैंकको क्रेडिट कार्ड कर्जा नतिर्ने ६६ जनाको नाम सार्वजनिक

    13
    SHARES
    नबिल बैंकको क्रेडिट कार्ड कर्जा नतिर्ने ६६ जनाको नाम सार्वजनिक

    काठमाण्डाै । नबिल बैंकले क्रेडिट कार्डमा कर्जा लिएर ऋण नतिर्ने ६६ जनाको नाम सार्वजनिक गरेको छ । बैंकले क्रेडिट कार्ड प्रयोग गरी साँवा र ब्याज नतिर्ने ऋणीहरूको नाम पत्रिकामा नै सार्वजनिक गरेको हो ।

    बैंकले एक सूचना प्रकाशन गरी क्रेडिट कार्ड कर्जाका ऋणीहरूलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेको हो । उनीहरूलाई बैंकले पटक–पटक लिखित तथा मौखिक ताकेता गरेर ऋण तिर्न आग्रह गरिरहेको छ । तर, क्रेडिट कार्ड होल्डरहरूले आग्रह नमानेपछि तीनपुस्ते विवरणसहित सार्वजनिक सूचना नै निकाल्न बाध्य भएको बैंकले जनाएको छ ।

    सम्पूर्ण साँवा, ब्याज, हर्जाना ब्याज तथा अन्य रकम ३५ दिनभित्र नबुझाएमा कानुन बमोजिम अघि बढ्ने बैंकको भनाइ छ । साथै ऋणीलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।


    अर्थ चौतारी
  • आइतबार, २ भाद्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट