काडमाण्डौ । यशोदा फुड्सले करेन्ट चाउचाउको विषयमा अदालतको अवहेलनाजन्य दुष्प्रचार भएको बताउँदै यसबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘कानुन बमोजिम गर्नू’ भनी सर्वोच्च अदालतले दिएको आदेशको गलत व्याख्या गरी ‘यशोदा फुडसको उत्पादनको विक्री वितरणमै सर्वाेच्च अदालतले रोक लगाएको’ भनी अदालतको अवहेलनाजन्य कार्य गरी दुष्प्रचार गर्ने काम भएको कम्पनीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिअनुसार यशोदा फुडसले उद्योग विभागमा करेण्ट रेगुलर रु. २० मा विक्री गर्ने चाउचाउको ५ प्याक भनि लेबल दर्ताका लागि आवेदन गरिएकोमा सिजी फुड्स (नेपाल)ले सो लेबलमा उत्पादन तथा विक्री वितरणमा रोक लगाई पाऊँ भनी उद्योग विभागमा दिएको उल्लेख छ । सो निवेदनमा उद्योग विभागले सिजी फुड्सको दावी नपुग्ने र यशोदा फुड्सले दर्ता माग गरेअनुसार २०८० जेठ २९ मा ट्रेडमार्क दर्ता गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘सिजी फुड्स (नेपाल) प्रा.लि. ले सम्मानित उच्च अदालत पाटनमा पुनः उक्त आवेदनको लेबलको चाउचाउको उत्पादन विक्री वितरण रोकी पाउन अन्तरकालीन आदेश माग गरी दायर गरेको निवेदनमा सम्मानित उच्च अदालत पाटनको संयुक्त इजालसले सुनुवाई गर्दै ‘यस अदालतबाट विवादित विषयमा अर्थात् विपक्षीले दर्ता माग गरेको आवेदन नं. ०९२२२ मा उल्लिखित ट्रेडमार्कका हकमा शुरु तहले गरेको निर्णयको न्यायिक परिक्षण भई अन्तिम टुङ्गो लाग्न समेत बाँकी रहेको अवस्था हुँदा उद्योग विभाग त्रिपुरेश्वर, काठमाडौंबाट मिति २०८०/०२/२९ मा भएको निर्णय प्रस्तुत मुद्दाको फैसला नहुँदासम्म कार्यान्वयन नगरी यथास्थितिमा राख्न उपयुक्त हुने देखिन आयो’ भनी भएको आदेशलाई सर्वाेच्च अदालतबाट ‘कानुन बमोजिम गर्नू’ भनी भएको आदेशको गलत व्याख्या गरी विभिन्न सञ्चार माध्यममा यशोदा फुडसको उत्पादनको विक्री वितरणमा सर्वाेच्च अदालतले रोक लगाएको भनी अदालतको अवहेलनाजन्य कार्य गरी दुष्प्रचार गरेको कुरामा यशोदा फुडस प्रालिको गम्भीर ध्यानाकर्षण भएको छ’, कम्पनीले जारी गरेको विज्ञप्तिमा भिनएको छ ।
यशोदा फुडसले उद्योग विभागबाट ट्रेडमार्क र लेबल दर्ता गरी नियम बमोजिम इजाजत प्राप्त लेबलहरुमा मात्र उत्पादन गरी आएको जनाएको छ । एक लेबल दर्ताको क्रममा भने विपक्षीले विरोध गरेकोले सो लेबलका विषयमा हालसम्म पनि उच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले यशोदा फुडसले उक्त आवेदन नम्बर ०९८२२९ को लेबलबाट कुनै मालवस्तु उत्पादन नगरेको स्पष्ट पारेको छ ।
‘उद्योग विभागबाट प्राप्त संलग्न ट्रेडमार्क दर्ता प्रमाणपत्र बमोजिमका लेबलको मात्र मालबस्तु उत्पादन गरी आएको व्यहोरा अनुरोध गर्दै यस विषयलाई गलत व्याख्या गरी विक्री वितरणमै रोक लगाएको र बजारमा गएको सामान समेत फिर्ता लिनुपर्ने भन्ने भ्रामक समाचारमा कुनै सत्यता नरहेको हुँदा यस्ता हल्लाको पछाडि नलागी निर्वाद रुपमा हाम्रा उत्पादनहरु विक्री वितरण गर्न तथा उपभोग गर्न आर्म उपभोक्ता महानुभावहरु, व्यापारी वर्ग तथा डिलरहरुसमक्ष अनुरोध गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।
कम्पनीले करेन्ट नामको ट्रेडमार्क र लेबल समेत उद्योग विभागबाट वर्ग ३० मा दर्ता गरी प्रमाणपत्र लिई प्रचलित कानूनभित्र रहेर विभिन्न स्वादका चाउचाउ, लगायतका वस्तु उत्पादन गर्दै आएको स्पष्ट पारेको छ । यसैबीच सीजी फुड्सले भने सर्वोच्च अदालतले यशोदा फुड्सलाई वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको दाबी गरेको छ।
© 2024: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times