काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकले स्थिर ब्याजदरमै गाडी कर्जा उपलब्ध गराउने भएको छ । बैंकले ७ वर्षसम्मका लागि स्थिर ब्याजदरमा कर्जा कर्जा उपलब्ध गराउने योजना ल्याएको हो ।
बैंकले उक्त योजनाको नामा ‘आरविवि भेहिकल लोन फेस्टिभल अफर’ दिएको छ । उक्त अफर अन्तर्गत बैंक ७.७७ प्रतिशतको स्थिर ब्याजदरमै गाडी खरिदका लागि ऋण उपलब्ध गराउने छ ।
०.५ प्रतिशत प्रोसेसिङ फीमा उक्त गाडी कर्जा उपलब्ध हुने बैंकले जनाएको छ । उक्त अफ भदौ १ गतेदेखि नै लागू भएको जनाएको छ। ग्राहकले आगामी कात्तिक मसान्तसम्म उक्त अपरमा गाडी किन्न सक्नेछन् ।
© 2024: Arthachautari मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times